प्रगतिशील माध्यमिक विद्यालयमा सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     भाद्र १ गते २०८२ मा प्रकाशित




प्रगतिशील माध्यमिक विद्यालय अन्नपूर्ण–४, कास्कीले आइतबार एक विशेष समारोहको आयोजना गरी यस वर्षको कक्षा १० (SEE) र कक्षा १२ (SLC) उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । साथै, सोही अवसरमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसमेत गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. खड्गबहादुर के.सी.ले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री भरतबहादुर के.सी., विशेष अतिथिका रूपमा विद्यालयका प्राचार्य श्री नमराज पौडेल तथा अतिथिका रूपमा पूर्व–प्राचार्य नारायण प्रसाद पौडेलको उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन विद्यालय व्यवस्थापन समितिका सचिव श्री हरिबहादुर के.सीले गर्नुभएको थियो भने स्वागत मन्तव्य समितिका उपाध्यक्ष श्री नवीनराज पौडेलले प्रस्तुत गर्नुभएको थियो ।

समारोहमा विद्यालय व्यवस्थापन समिति, शिक्षक–कर्मचारी, शिक्षक अभिभावक सङ्घ, अभिभावकज्यूहरू र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।