पोखरा महानगरपालिका वडा नं. १५ ले सिद्ध माध्यमिक विद्यालयलाई खेलकुद सामग्री प्रदान गरेको छ।
वडा अध्यक्ष तोरणबहादुर बानियाँले विद्यालयका प्रधानाध्यापक गुरदत्त कोइरालालाई सामग्री हस्तान्तरण गरेका हुन्। कार्यक्रममा अध्यक्ष बानियाँले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य भएकाले वडाले शैक्षिक विकाससँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेको बताए। स्वास्थ्य नै जीवनको सबैभन्दा ठूलो न भएकाले यसको रक्षाका निमित्त मानव जीवनमा खेलकुद अपरिहार्य रहेको बताए ।
प्रधानाध्यापक कोइरालाले सामग्री प्राप्त भएपछि विद्यार्थीहरूमा खेलप्रति रुचि र सहभागिता बढ्ने विश्वास व्यक्त गर्दै वडा कार्यालयप्रति आभार व्यक्त गरे।
कार्यक्रममा पोमनपा कार्यपालिका सदस्य तथा वडा सदस्य मन्दिरा परियार, वडा सदस्य बलराम पौडेल, वडा सचिव युवराज पौडेल, विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थितिमा खेलकुद सामग्री औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







