काला पहाडको कथा ….. : बिश्व सिग्देल


     बिश्व सिग्देल    
     भाद्र ५ गते २०८२ मा प्रकाशित




माथिको तस्विर भारतको उत्तराखण्डको हो ।१९१२मा अंग्रेजहरुले भारतको राजधानी दिल्ली सारे पछी दिल्लीको गर्मी छल्न नजिकैका पहाडी क्षेत्र उत्तराखण्ड र हिमाञ्चलका पहाडहरुमा पक्की सडक रेल टेलीफोन अस्पताल फलफूलका बघैंचा तथा आफ्ना बच्चाहरु पढाउन अन्तराष्ट्रियस्तरका अंग्रेजी माध्यमका स्कुलहरु संगै आफ्ना भब्य बंगलाहरुको निर्माण गरे । १९४७ मा अंग्रेज भारत छाडे पछी उनिहरुले छाडेको बिरासत तथा बैभबलाई स्थानिय गढवाली कुमायुनी हिमाञ्चलीहरुले उपयोग गरे । फलस्वरुप पढालिखा प्रतिस्पर्धी बनेका यि पहाडीहरु बिस्तारै कालापहाड मौसमी कामगर्न जाने नेपालीहरुलाई घर कुर्न राखेर तराई र दिल्ली बम्बई तर्फ बसाई सरे । त्यसपछी त्यही थातथलो पहाड उनिहरुलाई घांडो बन्दै गए पछी उनिहरुले तिनै मौसमी नेपाली कामदारलाई नेपालको थलो बेचबिखन गरेर धेरथोर जति आउंछ हामीलाई देउ ,पक्की घर जमिन सबै तिम्रो भन्न थाले ।

भौतिक सुख सुबिधा ,पेटभरी अन्न ,बच्चाहरुको लालनपालन ओखतीमुलो ,शिक्षाको आकंक्षामा सुदुर पश्चिम, कर्णालीका बिकट गाउंका चरम गरीबीमा जिबन गुजरबसर गरिरेकाहरु धमाधम जायजेथा छाडदै परिबार सहित बसाईं सर्दा उत्तराखण्डको जनसांख्यकीमै ठुलो परिबर्तन हुन थाल्यो । गढवाली र कुमायुंनी संगसगै नेपालीहरुको हिस्सेदारी समेत उत्तराखण्डमा बराबरीमा पुग्न थाल्यो ,जसले गर्दा नेपाली भाषा ,संस्कृती ,संस्कार गित संगित जिबनचर्यामै घटदै गैरहेको गढवाली कुमयानी जनघनत्व माथी जबर्जस्त दबाब सिर्जना हुन थाल्यो । उत्तराखण्डमा गढवाली कुमयानी लोकलयका ठाउंमा उत्तराखण्डका कुना कन्दरा बनपात बिबाह चाडपर्बमा नेपाली देउडामात्र हैन गण्डकी क्षेत्रका दोहरी समेत घन्कन थाले ।सुदुर पश्चिम ,कर्णालीमात्र हैन गण्डकी रापतीका तल्लो पानीढलोका पहाडीहरु पनि कालापहाड जाने हुंदा गण्डकी रापतीका गितसंगित संस्कृतीको पनि उत्तिकै प्रभाब रह्यो ।

नेपालीहरुको स्थायी प्रकृतीको बसाईंसराइले तराई र भारतिय शहरहरुमा बसाईंसरेर उजाड बनेका उत्तराखण्डका गाउं र खेतपाखाहरुमा फेरी रौनक थपियो । मेहनती नेपालीहरुले आंफुले आर्जेको जमिन र अरु थप जमिनलाई केही भाडा दिएर हराभरा मनमोहक गुल्जार बनाए। गाउंमा फेरी स्याउ खुर्पानीका बघैंचा ,आलु फापर सागपातहरुका ब्यबसायीक उत्पादनले हिजोको उत्तराखण्ड फेरी लयमा आयो ,पुनर्जिबित भयो ।नेपालीहरुको सिप रगत र पसिनाले देबभूमी उत्तराखण्ड सांच्चिकै देबभूमी बन्यो।

नेपालमा नेपालीहरुले जमिन बांझो राखे ,गाउं खाली बनाए भन्ने तथाकथित उपबुज्रुकहरुको भाष्यलाई नेपालीहरु गाउं छाडन जमिन बांझो राख्न चाहन्थेनन राज्यको आत्मघाती कृषी निती ,भ्रष्टाचार,कुशासनको परिणाम हो , किसानमैत्री कृषिनिती सुशासन बजार तथा मलजलमा राज्यले सुलभ सरल पहुंच दिने हो भने नेपाली ग्रामिणहरु आफ्नै थातथलोमा सुन फलाउन सक्छन , गाउं छाडेर कालापहाड खाडीदेश त के नेपालकै शहर समेत झर्न चांदैनन भन्ने उत्तराखण्डमा पुगेर प्रमाणित गरिदिएका छन।

यो तस्विरमा बुट्यान फांडेर ,बांझो फोरेर परित्यक्त बनपाखाहरु कसरी नेपालीहरुले उन्नत खेतीबाट सुन फलाय देख्न सकिन्छ ।
बाटो पानी बिजुली स्कुल स्वास्थ्यकेन्द्र टेलीफोनका सुबिधा पुगेका परित्यक्त घरहरु जहां प्राय नेपालीहरुका स्वामित्वमा आएका छन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।