पोखरा, ६ भाद्र ।
विश्वबन्धुत्वको भाव र विश्व एकताको भावलाई जागृत गर्ने उद्धेश्यका साथ प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका पूर्व मुख्य प्रशासीका दादी प्रकाशमणिजीको १८औं पुण्य तिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा संस्थाको नेपालको केन्द्रीय कार्यालय फुलबारी, पोखराद्वारा राष्ट्रव्यापी वृहत रक्तदान अभियान शुरु भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको मूल्य र मान्यताअनुसार, यस अभियानको मूल उद्देश्य गम्भीर अवस्था वा मृत्युमुखमा पुगेका बिरामीलाई जीवनदान प्रदान गर्नुका साथै समाजमा दया, सहयोग र विश्व बन्धुत्वको सन्देश फैलाउनु रहेको बजनाइएको छ ।

गण्डकी प्रदेश सभाका उपशभामुख माननीय बिनाकुमारी थापा ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता राजयोगिनी ब्र।कु। गोमा दिदीले गरेकी थिईन् । पोखरा ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, रक्तसञ्चार समिति कास्कीका अध्यक्ष दण्डराज शर्मा, वरिष्ठ पत्रकार कृष्ण बास्तोला, हालसम्म ८२ पटक रक्तदान गरिसक्नुभएका सामाजिक अभियान्ता कृष्ण थापा लगायतले कार्यक्रम सफलताको लागि शुभकामना मन्तव्य दिएका थिए ।

संस्थाको नेपालका महासचिव राजयोगी ब्र।कु। शैलेषराज बराल ज्यूले कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै भदौ ६ देखि ९ गतेसम्म ९अगस्ट २२–२५० सञ्चालन हुने यस रक्तदान अभियानमा नेपाल र भारतमा रहेका हजारौं ब्रह्माकुमारीका सदस्यहरू, विभिन्न सामाजिक संस्था तथा संघ–संगठनहरूको सक्रिय सहकार्य रहने कुरा स्वागत मन्तव्यमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको समुद्घाटन दादीजीको तस्वीरमा माल्यार्पण गरेर भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेर गरिएको थियो ।
भदौ ६ देखि ९ गतेसम्मको ४ दिनमा १ लाख युनिट रगत संकलन गर्ने लक्ष्यसहितको यो अभियान हालसम्मको सबैभन्दा ठूलो रक्तदान एवं सकलन सम्बन्धी मानवीय प्रयासका रूपमा रहने जनाइएको छ । कार्यक्रमको सञ्चालन सेवाकेन्द्र सञ्चालिका राजयोगिनी ब्र.कु. शोभा दिदिले गरेकी थिईन् ।
ब्रह्माकुमारीज दिव्य शान्ति अनुभूति केन्द्र , फुलबारीमा सञ्चालित उक्त कार्यक्रममा शुक्रबार १०० जनाले गरेको ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका…






