पोखरामा LAN को जापानी भाषा प्रशिक्षक प्रशिक्षण सम्पन्न


     एभरेस्ट आवाज    
     भाद्र ६ गते २०८२ मा प्रकाशित




पोखरा, भदौ ६

पोखरा । ल्याङ्वेज एसोसिएसन अफ नेपाल (LAN) को आयोजनामा र जापान फाउण्डेसन, नयाँ दिल्लीको सहयोगमा शुक्रबार पोखराको महेन्द्रपुलमा जापानी भाषा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

जापान फाउण्डेसन, नयाँ दिल्लीकी प्रशिक्षक क्योको थाकेमोतोको विशेष उपस्थितिमा प्रशिक्षण सञ्चालन भएको थियो।

प्रशिक्षणमा पोखराका विभिन्न जापानी भाषा विद्यालयका ४६ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको संयोजक संस्थाका प्रथम उपाध्यक्ष मोति प्रसाद श्रेष्ठले स्वागत मन्तव्य दिँदै पोखरामा जापानी भाषाको इतिहास र कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा संस्थाका अध्यक्ष सृजन भान्साकार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव बालकृष्ण शर्माले गर्नुभएको थियो। महासचिव शर्माले यस किसिमका कार्यक्रमहरूले जापानी भाषा शिक्षक-शिक्षिकाको क्षमता वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।