सन्देश श्रेष्ठ
पोखरा, भदौ ७
नेपाली महिलाहरुको महान चाँड तिजको अवसरमा मनाईने ऋषि पञ्चमीको दिन गण्डकी प्रदेशमा सार्वजनिक विदा नदिइएको गण्डकी प्रदेश सरकारले स्पष्ट पारेको छ । सामाजिक सञ्जालमा ऋषि पञ्चमीमा महिलालाई मात्र विदा दिइएको भनेर भ्रम फैलाइएपछि गण्डकी सरकारले शनिबार एक विज्ञप्ती निकालेर ऋषि पञ्चमीको दिन आउँदो भदौ १२ गते विहीबार गण्डकी प्रदेशमा कसैलाई पनि (महिलालाई समेत) सार्वजनिक विदा नदिइएको स्पष्ट पारेको हो ।
गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सूचना अधिकारीसमेत रहेका उपसचिव प्रवीण ढकालले शनिबार विज्ञप्ती निकाल्दै भनेका छन्,‘मिति २०८२ भदौ १२ गते विहीबार ऋषि पञ्चमीका दिन सार्वजनिक विदा महिला कर्मचारीलाई समेत) नरहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लव अफ पोखरा हेमजाको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति…






