सन्देश श्रेष्ठ
पोखरा, भदौ ७
गण्डकी प्रदेश कृषि तथा सामाजिक विकास समिति सभापती दमयन्ती रुचालले तीजलाई महिला सशक्तिकरणसँग जोड्नुपर्ने बताएकी छन् । दलित महिला संघ (फेडो) कास्कीले आयोजना गरेको तीज गीत तथा नृत्य प्रतियोगितामा बोल्दै उनले तीजलाई मनोरञ्जनको रुपमा मात्र सिमित गर्न नहुने बताएकी हुन् । तीजलाई मनोरञ्जनको रुपमा मात्रै मनाउनु हुँदैन,उनले भनिन्,‘शरु यसलार्य महिला सशक्तिकरण, आर्थिक, सामाजिक तथा राजनीतिक सशक्तिकरणका रुपमा लैजानुपर्छ ।’

सभापती रुचालले महिला कानून बनाउन आवश्यक रहेको बताईन् । महिला कानूनको अभावमा महिलाले विभेद र हिंसा सहनुपरेको भन्दै उनले भनिन्,‘यस विषयमा मैले बारम्बार प्रदेश संसदको बैठकमा आवाज उठाइरहेको छु । तर अझैसम्म पनि बनेको छैन ।’ उनले दलित विधेयक पनि चाँडै पारित भएर कानून बन्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा महिला र दलित अधिकार तथा न्याय विषय केन्द्रीत तीज गीत प्रतियोगिता भएको थियो । जसमा मिलिजुली महिला कृषि तथा उद्यमी समूह पोखरा–३ प्रथम, मिलनसार महिला समूह पोखरा–२४ कास्कीकोट द्वितीय, आदर्श महिला समूह पोखरा–४ तृतीय र शुभकामना महिला समूह पोखरा–७ ले सान्त्वना स्थान प्राप्त गरेका थिए । उनीहरुलाई नगदसहित पुरस्कृत गरिएको फेडो कास्कीकी अध्यक्ष लक्ष्मी परियारले जानकारी दिईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिका वडा नं ३२ मा रहेको ज्ञानज्योति विद्याकुञ्ज माविले एसइईमा उत्तीर्ण…






