पोखरा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) को नतिजामा रुपा गाउँपालिका जिल्लामा उत्कृष्ट बनेको छ।
आर्थिक वर्ष २०८१/०८२ का लागि गरिएको मूल्यांकनमा रुपा गाउँपालिकाले ८७ अंक हासिल गर्दै कास्कीका पाँच पालिकामध्ये पहिलो स्थान सुरक्षित गरेको हो।
यसैगरी अन्नपूर्ण गाउँपालिकाले ८६ दशमलव २५ अंकसहित दोस्रो स्थानमा स्थान बनाउन सफल भएको छ । पोखरा महानगरपालिकाले ८३ दशमलव ५० अंक, माछापुच्छ्रे गाउँपालिकाले ८३ अंक प्राप्त गरे भने मादी गाउँपालिका ८१ दशमलव ७५ अंकसहित जिल्लामा पछिल्लो स्थानमा रह्यो।
मन्त्रालयको स्वमूल्यांकन प्रणालीअनुसार संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय तथा आर्थिक व्यवस्थापन, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य तथा समन्वयसहितका १० विधामा पालिकाहरूको मूल्यांकन गरिएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल भुतपुर्व खेलाडी मञ्चको रजत महोत्सवको समापन आगामी मंगलबार हुने भएको छ।…







