पोखरा
कालिका टोल विकास संस्था र कालिका बहुमुखी क्याम्पस पोखरा–१४ ले आयोजना गरेको तीज गीत प्रतियोगितामा भू.पू सैनिक सकृय आमा समुह प्रथम भएको छ । १६ टिमले सहभागिता जनाएको सो प्रतियोगितामा कालिका बहुमुखी क्याम्पस वि.एड् दोस्रो वर्षका विद्यार्थी समुह द्वित्तिय, वि वि एम् तेस्रो वर्षका विद्यार्थी समुह तृतीय भए तथा घुम्ति आमा समुह र बास्केटबल आमा समुहले सान्त्वना स्थान प्राप्त गरे ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि तथा क्याम्पस व्यवस्थापन समितिका सदस्य बन्दना कार्की के.सीले नारीहरुको महान पर्व हरीतालिका तिजको पावन अवसरमा समुदाय र क्याम्पस मिलेर संस्कृति र मौलिकता जोगाउन कार्यक्रम आयोजना गरेको भन्दै खुसी व्यक्त गरे ।
कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विरञ्जीजी गौतमले हरीतालिका तिजको गरीमा, महत्व र परम्परालाई कायम राखेर कार्यक्रम गर्नुपर्ने बताए ।
प्रतियोगितामा सहभागी समूहहरुले नेपाली समाजमा चेलिबेटीले भोग्नुपरेका तिता यथार्थ, घरायसी हिंसा, विद्यार्थीका हित र अधिकारका बारेमा गितमार्फत प्रस्तुती दिदै नृत्य गरेका थिए ।
कालिका टोल विकास संस्थाका अध्यक्ष टुक बहादुर गुरुङ्गको अध्यक्षतामा भएको प्रतियोगितामा क्याम्पसका उप–प्राध्यापक सबिता गौतमले संञ्चालन, स्वागत कार्यक्रम संयोजक साम्राज्ञी थापा र कालिका टोल विकास संस्थाका उपाध्यक्ष दिपक रेग्मीले संयुक्त रुपमा गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिकाको प्रथम अधिवेशनबाट योगेन्द्रबहादुर केसी सभापतिमा निर्वाचित…







