लमजुङ-पोखरा सम्पर्क समितिको दर खुवाउने कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     भाद्र ८ गते २०८२ मा प्रकाशित




लमजुङ-पोखरा सम्पर्क समितिले नेपाली महिलाहरुको सांस्कृतिक पर्व तीजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । लमजुङबाट पोखरा आई बसोबास गर्ने महिला दिदी बहिनीहरुलाई समितिले तीजको शुभकामनासहित दर खुवाएको हो । कार्यक्रममा लमजुङकी चेली सावित्री घिमिरेलाई नारी सम्मानबाट सम्मानित गरिएको थियो भने समितिमा आबद्द परिवारमध्ये सबैभन्दा वृद्ध आमा मैया श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङ थिए । कार्यक्रममा बोल्दै मन्त्री गुरुङले तीज साझा संस्कृति भएकाले यसलाई विकृति, विसंगतीबाट मुक्त गरी मनाउनुपर्ने बताए ।

समितिका अध्यक्ष इश्वर चिलुवालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा–९ की वडा सदस्य लक्ष्मी पहारी, समितिका पूर्व अध्यक्ष विश्वलाल श्रेष्ठ, सूर्यप्रसाद बराल, चम्पा रानाभाट, निवर्तमान अध्यक्ष कृष्ण गिरी, समितिका सल्लाहकार प्रेमकमारी गुरुङ, महिला उपसमितीकी पूर्व संयोजक एवं सल्लाहकार काशीमाया गुरुङ, महिला उपसमितीकी संयोजक पार्वती खनालले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा संयोजन लिलाबहादुर गुरुङले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव सशी श्रेष्ठले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।