रत्नज्योति माविमा कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत गरियो


     एभरेस्ट आवाज    
     भाद्र ९ गते २०८२ मा प्रकाशित




रत्नचोकमा अवस्थित श्री रत्नज्योति माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति तथा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले मुलुकबाट युवाशक्ति विदेश पलायन हुने दर बढेको र त्यसलाई रोक्न शिक्षानीतिमा समेत परिवर्तन गर्न जरूरी रहेको बताउनु भयो । आफ्नो पालामा धेरै मानिस लाहुरे हुन छिमेकी मुलुक भारतमा जाने गरको प्रसङ्ग उल्लेख गर्दै अहिले भने युवाहरू आफ्नो सुन्दर भविष्यको खोजीमा तेस्रो मुलकसम्म पुग्ने गरेको वताउनुभयो । “नौतुनामा चढेर रेलैमा…माया गयो गाउँ छाडी …फर्की आए छाडेर विदेस… हाम्रो पोखरा…” लगायतका गिती प्रस्तुती समेत राख्नुभयो ।

विद्यालयका प्राचार्य विष्णुप्रसाद भट्टराईले नवआगन्तुक विद्यार्थीहरूलाई विद्यालयको तर्फबाट स्वागत गर्दै उनीहरूको सुन्दर भविष्य निर्माण तथा वृत्तिविकासको लागि विद्यालयले हर प्रकारको सहयोग गर्ने बताउनुभयो ।

विद्यालयका सुपरिवेक्षक तिर्थराज ढकालले विद्यार्थीहरूको सुन्दर भविष्य निर्माण गर्न, अभिभावकको सपना पुरा गर्न तथा विद्यालयको प्रतिष्ठा उच्च बनाउन उच्च स्तरको पठनपाठन तथा उच्च नतिजा प्राप्त गर्न विद्यालय प्रयत्नशील रहेको र त्यसमा विद्यार्थीहरूको मेहनत र अभिभावकहरूकोसँग सहकार्यमा अझ बृद्धि गर्न आवस्यक रहेको बताउनु भयो ।

विद्यालयका +२ संयोजक भुवन सुवेदीले कक्षा ११ र १२ शैक्षिक, प्रशासनिक, एवम् अन्य गतिविधिहरूको जानकारी गराउनुभयो । कार्यक्रममा उत्कृष्ट कार्यसम्पादनको आधारमा प्रवेश परियार (१२), प्रिन्स गुरूङ (११), सोनिया बुढामगर (११) तथा मोहन कार्की (११) लाई सम्मान गरिएको थियो ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थी तानिया अधिकारीको अध्यक्षता र कक्षा १२ का विद्यार्थी चेतन कुमार पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थीहरू पुर्णिमा केसी (१२) ले स्वागत तथा प्रस्ताव पौडेल (११) ले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरू अन्जु भट्टराई (१२), अमृत छन्त्याल (१२), आकृती नेपाली (१२), जोनिसा चापागाई (१२), सुस्मिता गुरूङ (१२), स्नेहा परियार (१२), अनिता जिरेल (१२), प्रज्ज्वल बुढाथोकी (१२), सक्षम ढकाल (१२), बबिन जिटी (१२), समिर पोखरेल (१२), विपना श्रेष्ठ (१२), सरस्वती जलारी (१२), जस्पिक गुरूङ (११), रबिन छन्त्याल (११), सुजन गुरूङ (११), डुयल थापा (११), सौगात कुमाल (११), आयुस्मा सुवेदी (११), आर्जु तामाङ (११), प्रकृती नेपाली (११), अनुसा थापा (११), कृस मित्रकोटी (११), गृस्मा थापा (११), ओसिन थापा मगर (११), रश्मी बसेल (११), दिया रोक्का (११) लगायतका
विद्यार्थीहरूको आ–आफ्नो प्रस्तुती राखेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।