सन्देश श्रेष्ठ
पोखरा, भदौ ११
पर्यटकीय राजधानी पोखरा र चीनको हुआङशान सहरबीच भगिनी सम्बन्ध स्थापित भएको छ । काठमाडौंमा बुधबार आयोजित एक औपचारिक कार्यक्रममा दुई सहरबीच भगिनी सम्बन्ध स्थापित गर्ने सम्बन्धि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो । पोखरासँग भगिनी सम्बन्ध स्थापित गर्ने चीनको हुआङशान सहर युनेस्कोको सम्पदा सुचिमा सुचिकृत सहर हो ।
पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले चीनको हुआङशान सहरसँग भगिनी सम्वन्ध स्थापित गरिएको जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्,‘आज चीनको हुआङशान सहर र पोखरा महानगरबीच मित्रता (भगिनी सम्वन्ध स्थापना गर्ने सम्वन्धि (प्रारम्भिक) सम्झौतामा हस्ताक्षर भएको छ ।’

मेयर आचार्यले हुआङशान सहरसँग भगिनी सम्बन्ध स्थापित गर्ने सम्झौताले पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा अझ प्रख्यात बनाउन भूमिका खेलेको बताए । यस सम्झौताले नेपाल–चीनबीचको मित्रतालाई अझ मजबुत बनाउन ठूलो योगदान पु¥याउने विश्वास लिएको छु,उनले थप भनेका छन्,‘यससँगै पर्यटन, संस्कृति, शिक्षा तथा सहरी विकासजस्ता क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ ।’ उनका अनुसार भगिनी सम्बन्ध स्थापित गरेको हुआङशान सहरले पोखराको पर्यटन, संस्कृति, शिक्षालगायतका क्षेत्रमा सहयोग प्रदान गर्नेछ ।
मेयर आचार्यले भगिनी सम्बन्ध स्थापित गरिएको हुआङशान सहर र पोखराबीच गरिने अन्य आन्तरिक कार्यक्रम र कामका विषयमा पछि निर्णय गरिने बताए । सम्झौतापछि उनले भनेका छन्,‘यस नया सम्बन्धले पोखरालाई अझ अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने हाम्रो अभियानलाई सहयोग पुर्याउने छ ।’
पोखराले यसअघि चीनको कोमागाने सहरसँग मितेरी सम्बन्ध स्थापित गरिसकेको छ भने लिञ्झी, कुनमिङ, ग्वाञ्झाओलगायतका सहरसँग पनि भगिनी सम्बन्ध स्थापित गरिसकेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री बालेन शाहसँग भेटे लगत्तै गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्…






