पोखरामा बालिकालाई ललाई फकाइ यौन क्रियाकलापमा लगाएको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका ३ नालामुखस्थित सिन्धु खाजा घर सञ्चालक २३ वर्षीय सिन्धु किसान पक्राउ परेका छन्।
उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले आइतबार साँझ पक्राउ गरेको हो।
बालिकालाई ललाई फकाइ विभिन्न प्रलोभनमा पारेर यौन क्रियाकलापमा लगाएको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
किसानलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री बालेन शाहसँग भेटे लगत्तै गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्…






