CamScanner 01-09-2025 11.53
पोखरा ।
नानी–शुक स्मृति प्रतिष्ठान, पोखराले यस वर्षको ‘नानी–शुक स्मृति शिक्षा पुरस्कार–२०८२’ बाट स्याङ्जाका शिक्षाप्रेमी एवं समाजसेवी तेजप्रसाद काफ्लेलाई सम्मान गर्ने निर्णय गरेको छ ।
गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई शिक्षा र समाजसेवामा उल्लेख्य योगदान दिने व्यक्तिलाई पुरस्कृत गर्ने उद्देश्यले प्रतिष्ठानले हरेक २ वर्षमा यो पुरस्कार प्रदान गर्दैआएको छ । पुरस्कारको राशि नगद २५ हजार ५२५ र ताम्रपत्र छ ।
२०६२ सालमा शुकबहादुर हिराचन र नानीमाया हिराचनको स्मृतिमा उनको परिवारले ९ लाखको अक्षयकोष स्थापना गरी सोको ब्याजबाट पुरस्कार दिने व्यवस्था गर्दै आएको छ ।
प्रतिभा छनोटका लागि प्रतिष्ठान उपाध्यक्ष हेरम्बप्रसाद कोइराला, आजीवन सदस्यहरु पुण्यबहादुर हिराचन, दीर्घसिंह लालचन, ज्ञानेन्द्रकुमार लालचन, पूर्णबहादुर हिराचन र संरक्षक वीरेन्द्र हिराचन रहेको ६ सदस्यीय समिति गठन गरिएको थियो । प्रतिष्ठान अध्यक्ष तारानाथ गौतम ‘पाखे’ को अध्यक्षतामा बसेको बैठकले समितिको सिफारिस अनुमोदन गरेको हो ।
पुरस्कृत हुन लागेका वालिङ–२ निवासी काफ्ले ८१ वर्षीय हुन् । उनी वालिङ बहुमुखी क्याम्पसका संस्थापक एवं पूर्व क्याम्पस प्रमुख हुन् । उनी भागवत् तथा पुराण वाचनसमेत गर्छन् ।
प्रतिष्ठानको असोज १ गते हुने २१ औं वार्षिकोत्सव तथा सम्मान समारोह अवसरमा उक्त पुरस्कार अर्पण गरिने प्रतिष्ठान सचिव मखनलाल हिराचनले बताए ।
यसअघि, नानी शुक स्मृति शिक्षा पुरस्कारबाट भक्ति हिराचन ९मुस्ताङ०, अनन्तनाथ पौडेल ९कास्की०, पद्मराज कोइराला ९कास्की०, दीव्यरमण अर्याल ९तनहुँ०, पद्मसिं विश्वकर्मा ९बागलुङ०, कृष्णप्रसाद पौडेल ९अर्घाखाँची०, पूर्णभद्र नेउपाने ९लमजुङ०, लोकनाथ आचार्य ९पर्वत०, नैनकुमार श्रेष्ठ ९म्याग्दी० सम्मानित भइसकेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री बालेन शाहसँग भेटे लगत्तै गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्…






