पोखरा ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका संयोजक केदार पौडेलले आफूहरुले जोखिम मोलेर दुर्गम क्षेत्रमा पनि सेवा दिइरहेको बताएका छन् । पोखरा यातायात प्रालिको बिहीबार आयोजित सातौं वार्षिक साधारणसभामा बोल्दै उनले यातायात व्यवसायीले नभई यातायात कम्पनीले व्यवसायीलाई सिन्डिकेट लगाएर भएपनि सेवा दिइरहेको बताएका हुन् । यातायात प्रालिले दूरदराजमा सेवा दिइरहेको छ,उनले भने,‘दुर्गम क्षेत्रमासमेत यातायात सुविधा दिदा स्थानिय लाभान्वित भएका छन् ।’

पोखरा महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष तथा पोखरा यातायात प्रालिका सल्लाहकार अमृत शर्मा तिमिल्सिनाले सिण्डीकेट हटाउने नाममा सवारी साधन थप्दा पोखराको सडक भद्रगोल बनेको टिप्पणी गरे । उनका अनुसार पोखरामा दुई सयदेखि २५० यात्रुबाहक बस पर्याप्त हुने भएपनि आठ सयभन्दा बढी बस सञ्चालित छन् । यसलाई व्यवस्थित बनाउने तयारी भइरहेको उनको भनाई छ ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले यातायात क्षेत्रलाई सरकारले प्राथमिकतामा नराख्दा व्यवसायीहरु समस्या परेको बताए । उनले यातायात व्यवसायीको पेशागत सुरक्षामा तत्काल ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा सल्लाहकार वसन्त प्रधान र बमबहादुर गुरुङ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति कास्कीका संयोजक कृष्ण पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, पत्रकार कमल पौडेल अथक तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी अध्यक्ष देवीराज थिङ लगायतले पनि व्यवसायीलाई यात्रु मैत्री सेवा प्रदान गर्नुपर्ने धारणा राखेका थिए ।
सो अवसरमा चालक जुनबहादुर गुरुङ, सहचालक रोशनकुमार गुरुङ, निरन्तर बस सञ्चालक सूर्यबहादुर गुरुङ, उत्कृष्ट कर्मचारी अर्चना थापा, साथै उत्कृष्ट अंक ल्याउने बस सञ्चालकका छोराछोरीमध्ये सुमना थापा मगर र क्रिसल पौडेललाई सम्मान गरिएको थियो । यस्तै, विभिन्न सहयोगदाताहरूलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रबन्ध निर्देशक देवीप्रसाद कुइकेल र सञ्चालन कम्पनी सचिव जीवन पौडेलले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री बालेन शाहसँग भेटे लगत्तै गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्…






