पोखरा, भदौ २२ गते
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अपाङ्गताको सवालमा प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन् । नेपाल दृष्टिविहीन कल्याण संघको पोखरामा शनिबार भएको ३८ औं केन्द्रीय वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका समतामूलक समाजको हिस्सेदार रहेको बताए ।
शैक्षिक बिकास, रोजगारीको व्यवस्थापन, सीप विकासका साथै अपाङ्गता भएका व्यक्तिको हित प्रवद्र्धन गर्न जरुरी रहेकोमा बताउनुहुदै एकै उद्देश्यका साथ स्थापित संस्थाहरू एक आपसमा सहकार्य गरी अघि बढ्न उनले सुझाव दिए ।
अपाङ्गता भएका व्यक्तिभित्रको विविधताको सम्मान गर्दै नीति तथा योजना निर्माणमा उनीहरुको सार्थक सहभागिताको सुनिश्चितता गर्न आवश्यक रहेकोमा प्रमुख भट्टले जोड दिए ।
नेपाल दृष्टिविहिन कल्याण संघका केन्द्रिय अध्यक्ष तीर्थराज वन्तले सामाजिक संघसंस्थामा राजनितिक हस्तक्षेपको विरोध गरे । उनले गैह्रनाफामुलक संस्थामा स्वार्थको राजनिति हाबी भइरहेको भन्दै तटस्थताको आवश्यकता रहेको रहेको उल्लेख गरे । उनले २०३८ सालमा नेपाल अन्धा कल्याण केन्द्र स्थापना भएकोमा नाम परिवर्तनसँगै २०४२ सालदेखि दृष्टिविहीन कल्याण संघ गैरनाफामुखी संस्थाका रुपमा अघि बढेको उल्लेख गरे ।
नेपाल दृष्टिविहिन कल्याण संघ कास्की शाखाका अध्यक्ष टेकमान प्राधानाङ्गले नेत्र परीक्षण, आँखा शल्यक्रिया, वृक्षारोपण, सरसफाई, छात्रवृत्ति तथा शैक्षिक सामाग्री प्रदान, ब्रेललिपी तालिम, सदस्यहरुलाई लघुवित्त व्यावसायिक योजना सम्बन्धी क्षमता अभिवृद्धि एवं सीपमूलक तालिमको आयोजना, ब्रेललिपी पाठ्यपुस्तक उत्पादन तथा वितरण, दृष्टिविहीन विद्यार्थीको प्रतिभा प्रस्फुटन, पुरस्कार स्थापना र वितरण लगायतका कार्यक्रमहरु संस्थाले गर्दै आएकोे जानकारी दिए ।
सभामा पोखरा उद्योग वाणिज्य संघका महासचिव एवं लाइन्स क्लब अफ लेकसिटीका अध्यक्ष सुदिप प्राधानाङ्गले दृष्टिविहिनहरुको व्यवसायिक प्रवद्र्धनमा प्राविधिक ज्ञान बारे सहकार्य गर्न सकिने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । अन्नपूर्ण गाउँपालिका–२ ढिकुरपोखरीस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसमा आयोजित निःशुल्क…






