लमजुङमा पूर्व राष्ट्रसेवक तथा नागरिक संघको जिल्ला शाखा गठन

- अध्यक्ष रावललाई बाजा बजाउँदै दुबोको माला लगाएर सम्मान


     एभरेस्ट आवाज    
     भाद्र २१ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, भदौ २१

पूर्व राष्ट्रसेवक तथा नागरिक संघले लमजुङमा जिल्ला शाखा गठन गरेको छ । पूर्व राष्ट्रसेवक तथा नागरिक संघका अध्यक्ष चेतबहादुर रावल (प्रविन), बरिष्ठ उपाध्यक्ष गंगा हमाल पुरी, महासचिव चन्द्रबहादुर भुजेललगायतको उपस्थितिमा संघमा आबद्द सदस्यहरुको शनिबार भएको भेलाले नारायणबहादुर थापाको अध्यक्षतामा जिल्ला शाखा लमजुङ गठन गरेको हो ।

लमजुङको बसेरी–३ खुदीमा भएको कार्यक्रमको सो अवसरमा संघका केन्द्रीय अध्यक्ष प्रविन रावललाई स्थानियले बाजागाजासहित स्वागत र सम्मान गरेका थिए । बसेरी–३ खुदी जन्मथलोसमेत भएका रावललाई स्थानियले बाजा बजाएर स्वागत गर्दै दुबोको माला, फूलमाला तथा पुष्पगुच्छाले सम्मान अर्पण गरेका थिए ।

कार्यक्रममा मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष जुना थापाको विशेष आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष प्रविन रावलले गरेका थिए भने बरिष्ठ उपाध्यक्ष गंगा हमाल पुरी, महासचिव चन्द्रबहादुर भुजेललगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष रामचन्द्र पराजुलीले राखेका थिए भने निर्वाचन समिति सम्योजक मदनप्रसाद तिवारी थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।