सन्देश श्रेष्ठ
पोखरा, भदौ २३
जेन–जीको प्रदर्शन उग्र बनेपछि पोखरामा कफ्र्यू (निशेधाज्ञा) लगाइएको छ । जेनजी प्रदर्शन उग्र बनेर तोडफोडमा उत्रिएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार दिउँसो २ बजेबाट अनिश्चितकालीन पोखरामा कफ्र्यू लगाएको हो ।
जिल्ला प्रशासनले सोमबार दिउँसो जारी गरेको सूचनामा मुख्यमन्त्री कार्यालय रहेको पोखराको शहिदचोक आसपासका क्षेत्रदेखि पूर्वतर्फ वाईचोक, (उत्तरतर्फ मिलनचोक), पश्चिमतर्फ फिस्टेल गेट(वैदाम), उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ राष्ट्रबैंक चोक (दक्षिण पश्चिमतर्फ पर्यटन वोर्डको कार्यालय अगाडि ड्यामसाइड) क्षेत्रमा कफ्र्यू लागु हुने जनाएको छ ।
प्रशासनले जेन–जी प्रदर्शनका कारण उत्पन्न परिस्थितिको कारण देखाउँदै सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा तथा झडपलाई मध्यनजर गरेर कफ्र्यू लगाएको जनाएको छ । कफ्र्यू अवज्ञा गरे प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । अन्नपूर्ण गाउँपालिका–२ ढिकुरपोखरीस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसमा आयोजित निःशुल्क…






