सन्देश श्रेष्ठ
पोखरा, भदौ २३
पोखरामा जेनजी प्रदर्शनमा सहभागी एक जनालाई गोली लागेको छ । मुख्यमन्त्री कार्यालय अगाडि भएको प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको रबरको गोली लागेर पोखरा–१७ विरौटाका २८ विनस गुरुङ घाईते भएका छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको टाउको उपचार भइरहेको छ ।
यसैबीच, घाईते गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका अध्यक्ष यदू अधिकारीले भेटेका छन् । गुरुङ उपचाररत जिएमसी अस्पताल पुगेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
उनका अनुसार घाईते गुरुङ होसमा छन् भने सामान्य रुपमा कुराकानी गर्न सक्छन् । मुख्यमन्त्री कार्यालय अगाडि साथीसँग बाईकको पछाडि बसेर पुगेका थिए । त्यहिबेला प्रहरीले हानेको रबरको गोली लागेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सरकारले ल्याउन लागेको अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि कार्ययोजनालाई कार्यान्वयन गर्न पहल…







