जेनजी प्रदर्शनकारीले गरे गण्डकीको मुख्यमन्त्री कार्यालय तोडफोड


     एभरेस्ट आवाज    
     भाद्र २३ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, भदौ २३

पोखरामा भएको जेनजी प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय तोडफोड गरेका छन् । प्रदर्शनका क्रममा रत्नचोक र सहिदचोकको बिचमा रहेको मुख्यमन्त्री कार्यालय पुगेका जेनजी प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयमा ढुङ्गा हानेर तोडफोड गरेका हुन् । तोडफोडबाट मुख्यमन्त्री कार्यालयको झ्यालको सिसा फुटेको छ ।

जेनजीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको तथा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर काठमाडौंमा ५ जनाको मृत्यू भएको थाहा पाएपछि पोखराका जेनजी आक्रोषित भएका थिए । त्यसपछि उनीहरुले आक्रमण शुरु गरेका थिए ।

जेनजी प्रदर्शनकारीले ढुङ्गामुढा गरेपछि प्रहरीले अन्धाधुन्ध अश्रुग्यास र रबरको गोली प्रहार ग¥यो । प्रहरीले सयौं सेल अश्रुग्यास र रबरको गोली प्रहार गरेको छ । निशेधाज्ञा जारी भएपछि भने प्रदर्शनकारी बिस्तारै तितरवितर भएका छन् । अहिले पनि एकाध ठाउँमा प्रदर्शनकारीले प्रदर्शन जारी राखेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।