सन्देश श्रेष्ठ
पोखरा, भदौ २३
पोखरामा जेनजी प्रदर्शनकारीले वन मन्त्रालयको गाडी तोडफोड गरेका छन् । गण्डकी प्रदेश उद्योग तथा वन मन्त्रालयको बा.२ झ.४२२ नम्बरको गाडी प्रदर्शनकारीले तोडफोड गरेका हुन् । तोडफोडबाट गाडीको अग्रभाग र बिचको भाग कुच्चिएको छ भने गाडी स्टार्ट नै नहुने भएको छ ।

नजिकै अर्को म.प्र०३७०१क २२९० नम्बरको खाना पकाउने एलपी ग्यास बोकेको ट्रकको चावीसमेत प्रदर्शनकारीले खोसेका छन् । जसले गर्दा दुबै गाडी सडकमा बेवारिसेहुँदा सो बाटो भएर रत्नचोक निस्कने र मुख्यमन्त्री कार्यालय जाने बाटो अबरुद्द बनेको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सिद्धार्थ क्लव, पोखराले मानव सेवा आश्रममा पुगी आफ्नो ४२ औं बार्षिकोत्सव मनाएको…





