जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा आज बिहान आठ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शहीदचोक आसपास र गण्डकी प्रदेश सभा आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेकी हुन् ।
निषेधाज्ञा अवधिभर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।
यदि त्यसको अवज्ञा गरेमा जोसुकै उपर प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी जिल्ला प्रशासन कार्यालय कास्कीले दिएको छ ।
पोखरा महानगरपालिका भित्रका यी क्षेत्रमा कर्फ्यू
पूर्वतर्फ स् पोखरा महानगरपालिका वडा नं ०९ पृथ्वीचोक स्थित चाईना पुलदेखि पृथ्वीचोक, पुरानो एयरपोर्ट हुँदै विरौटा चोक र पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, नदिपुर हुँदै के। आई सिंह पुलसम्मको क्षेत्र
पश्चिमतर्फ स् पोखरा महानगरपालिका वडा नं ०२ स्थित बाग्लुङ बसपार्कदेखि जिरो किमी हुँदै हल्लनचोकसम्म
उत्तरतर्फ स् पोखरा महानगरपालिका वडा नं ०१ स्थित पृथ्वीनारायण क्याम्पस गेटदेखि ट्याक्सीचोक हुँदै बाग्लुङ बसपार्कसम्मको क्षेत्र
दक्षिणतर्फः पोखरा महानगरपालिका वडा नं ०६ स्थित हल्लनचोकदेखि राष्ट्रबैंक चोक हुँदै विरौटासम्मको क्षेत्र

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


परराष्ट्रमन्त्री शिशिर खनालले चीनको चारदिने औपचारिक भ्रमण गर्ने भएका छन् । चिनियाँ…







