आन्दोलित भीडले प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरस्थित बालकोट निवासमा आगो लगाएका छन् ।
प्रधानमन्त्रीको घरतर्फ पुगेका प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले गोली चलाएपछि आक्रोशित भीडले निवासमा आगजनी गरेको हो । गोली लागेर तीन जना घाइते भएका छन्, जसलाई अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
आगो लागेपछि बालकोट घरबाट बाक्लो धुवाँ निस्किएको छ र त्यहाँको अवस्था नियन्त्रणबाहिर पुगेको स्थानीयले बताएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


रक्तस्रावका कारण स्वास्थ्यावस्था जटिल भएपछि बागलुङ निसीखोला–३ का ३९ वर्षीया गर्भवती मीना…





