सन्देश श्रेष्ठ
पोखरा, भदौ २४
पोखरामा जेनजी प्रदर्शनले उग्र रुप लिएको छ । जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले पोखरा महानगरपालिकामा आगजनी र ढुंगामुढा गरेर तोडफोड गरेका छन् । पोखरा सभागृहमा भेला भएर न्यूरोडस्थित महानगरपालिकाको कार्यालय अगाडि पुगेका उनीहरुले महानगरपालिकाको गेट भत्काएर भित्रपट्टी आगो लगाएका हुन् । आगोको मूश्लो ठूलो छ । प्रदर्शनकारीले निरन्तर ढुंगामुढा गरिरहेका कारण प्रहरीले निभाउन सकेको छैन ।

आगलागीबाट महानगरपालिकाको गेट, भित्रपट्टीको भागमा क्षेती पुगेको छ । आगलागी ठूलै भएकाले क्षेती कति पुग्यो भनेर आकलन गर्न कठीन छ । शुरुमा जेनजी प्रदर्शनकारीले महानगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेका थिए । सो क्रममा पोखरा महानगरपालिका कार्यालयको झ्यालहरु फुटेका छन् ।

प्रदर्शनकारीहरुले एउटा मोटरसाईकल पनि जलाएका छन् । महानगर अगाडि पार्किङ गरेर राखेको मोटरसाईकल जेनजी प्रदर्शनकारीहरुले जलाएका हुन् । मोटरसाईकल नीजि भए पनि कसको हो भन्ने पत्ता लागेको छैन ।

प्रदर्शनकारी तोडफोड र आगजनीमा उत्रिएपछि प्रहरीले दर्जनौं अश्रुग्यास र रबरको गोली प्रहार गरेको छ । सो क्रममा एक जनालाई रबरको गोली लागेको छ । गोली लागेका युवा २७÷२८ वर्षका छन् भने उनको पहिचान खुलेको छैन । उनलाई प्रदर्शनकारीले उद्दार गरेर अस्पताल लगेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । गत फागुन १३…





