प्रधानमन्त्री ओलीले दिए राजीनामा


     एभरेस्ट आवाज    
     भाद्र २४ गते २०८२ मा प्रकाशित




प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

प्रधानन्त्रीको सचिवालयले उनले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको पुष्टि गरेको छ ।

भ्रष्टाचारको विरोधका साथसाथै सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध जेनजीहरुले सोमबार प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा सरकारी दमन हुँदा १९ जनाको मृत्यु भएपछि मंगलबार आन्दोलन चर्किएको छ ।

प्रदर्शनकारी व्यापक तोडफोडमा उत्रिएर स्थिति नियन्त्रण बाहिर गएसँगै अन्ततः उनले राजीनामा दिएका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।