सन्देश श्रेष्ठ
पोखरा, भदौ २४
जेनजी आन्दोलनले देश आक्रान्तहुँदा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य विदेश सयरमा छन् । भ्रष्टाचारबिरुद्द जेनजी आन्दोलनले जेहाद छेड्दा गण्डकीका मुख्यमन्त्री पाण्डे श्रीमती विना शर्मासहित र मेयर आचार्य विदेश सयरमा मस्त भएका हुन् ।
जेनजी आन्दोलनमा दमनहुँदा देशभर १९ जनाको ज्यान जानुका साथै सयौं घाईते भएर अस्पतालमा छटपटाईरहेका छन् । यता मुख्यमन्त्री पाण्डे दम्पती र मेयर आचार्य युएईमा घुमफीरमा छन् । उनीहरु कास्की आदर्श समाज अन्र्तराष्ट्रिय समन्वय परिषदद्वारा आयोजित पहिलो अन्र्तराष्ट्रिय कास्की सम्मेलन २०२५ सहभागी हनु ५ दिन अगाडि गएका हुन् । आन्दोलनले सोमबार नै आक्रान्त बनेकाले उनीहरु मंगलबार विहानसम्म नेपाल आईसक्नुपर्ने हो । तर अभै उनीहरु घुम्नमै मस्त छन् ।
जेनजी आन्दोलनले देश आक्रान्त बन्दा भ्रमण छोट्याएर फर्किनुपर्ने मुख्यमन्त्री तथा मेयर आचार्य अझै नफर्किदा कस्केजी जनता आश्चर्यचकित भएका छन् । उनीहरु सम्भवतः मंगलबार मध्यरातमा काठमाडौं आउने बताइएको छ । तर त्रिभूवन विमानस्थल बन्द भएकाले उनीहरुको आगमन अनिश्चित बनेको मुख्यमन्त्री श्रोतले बताएको छ ।
जेनजी प्रदर्शनका क्रममा सोमबार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय तोडफोड भएको थियो भने मंगलबार आज पोखरा महानगरपालिकामा आगजनी भएको छ भने तोडफोड पनि भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रिन्सिपल एशोसिएसन अफ नेपालको समन्वयमा युनेस्को र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा पोखरामा चारदिने…





