प्रिय जेनजी–युग क्रान्ति सफल बनाएकोमा हार्दिक बधाई । यहाँहरुको नेतृत्वमा शासक ढलिसकेको छ । देशको परिस्थिति नया अध्यायमा अगाडि बढिसकेको छ ।
यस्तो परिस्थितिमा अब संयमता अप्नाउनका लागि हामी हार्दिक अपिल गर्दछौं । यहाँहरु शोकमा हुनुहुन्छ र यहाँहरुमा आक्रोस छ भन्ने थाहा छ । तर पछिल्लो समय सरकारी कार्यालयलगायतका भौतिक संरचना तथा नीजि सम्पतीमा जसरी आक्रमण, तोडफोड र आगजनी भइरहेको छ, यो पक्कै पनि राम्रो होईन । प्रिय जेनजी, ती संरचना तपाईं हाम्रै हो । अहिले भत्काईएका संरचना भोलि तपाईंहरुले सरकार चलाउँदा पनि चाहिन्छ । नत्र आज ती संरचना भत्काइए वा जलाइए भोलि देश दशकौं पछाडि धकेलिन्छ । त्यसैले बेलैंमा सोचौं र भौतिक संरचनाहरु जोगाऔं ।
किनकी भोलि त्यहि जगमा उभिएर नया नेपालको खाका कोर्दै समृद्दि हासिल गर्नुपर्नेछ । त्यसैले प्रिय जेनजी आफू पनि तोडफोड र आगजनीमा संलग्न नहोऔं, अरुलाई संलग्न हुन नदिनका लागि आग्रह र अपिल गरौं । लुटपाट, तोडफोड वा आगजनी कसैले गरेको थाहा पाए नेपाली सेनाको हेल्पलाईन नम्बरमा ०१-५९७९००० सम्पर्क गरेर जानकारी दिनुहोला ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







