संविधानको अधीनस्थ रही नया सम्भावनाको ढोका खोलौं : खगराज


     एभरेस्ट आवाज    
     भाद्र २६ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, भदौ २६

पूर्व गृहमन्त्री तथा नेकपा एमालेका नेता खगराज अधिकारीले संविधानमा अधीनस्थ रही नया सम्भावनाको ढोका खोल्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसवुकमा विहीबार दिउँसो लामो स्टाटस लेख्दै कास्की क्षेत्र नम्बर १ (क)बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य अधिकारीले भनेका छन्,‘लोकतन्त्र र गणतन्त्रका मूल्यलाई सुरक्षित राख्दै युवा पुस्ताको सपना र आकांक्षलाई मूर्त रुप दिन हामी सबै मिलेर अघि बढ्नेछौं ।’ उनले लामो संघर्ष, र बलिदानबाट प्राप्त लोकतन्त्र र गणतन्त्र साझा गौरव एकाले यसलाई सुरक्षित र सबल बनाउनु साझा दायित्व भएको उल्लेख गरेका छन् । उनले अगाडि भनेका छन्,‘लोकतान्त्रिक मूल्य र मान्यतामा आाच आउन नदिई, गणतन्त्रलाई स्थिर र सबल बनाउन हामी निरन्तर अग्रसर छौं ।’

अधिकारीले जेनजीको आवाज माग नभएर भविष्यको सपना भएको बताएका छन् । उनले भनेका छन्,‘तपाईंहरुको आकांक्षा, पीडा र आक्रोस हामी सबैका लागि सचेत गराउने घण्टी हो । तपाईंहरुले बोलेको कुरा न्यायसंगत छ, जायज छ र हामीले सुन्नुपर्छ भन्ने जिम्मेवारी बोध भएको छ ।’

तर आन्दोलनको दोस्रो दिनमा भएको तोडफोडर र हिंसात्मक गतिविधि जेनजीको नभएको उनले दाबी गरेका छन् । त्यो त घुसपैठेहरुको चाल थियो भन्ने विश्वास तपाईंहरुलाईजस्तै मलाई पनि छ । जसले तपार्यंहरुको उज्यालो आन्दोलनलाई दाग लगाउन खोज्यो ।’ उनले आगामी दिनमा बाह्य तत्वहरुले परिस्थितिलाई आफ्नै स्वार्थ अनुसार मोड्न सक्ने सम्भावना बढेको उल्लेख गरेका छन् । आन्दोलन र संघर्षलाई कमजोर पार्ने, असली आवाजलाई दबाउने र युवा पुस्ताको आंकाक्षलाई भ्रम सिर्जना गर्ने प्रयासहरु हुन सक्छन्,उनी अगाडि लेख्छन्,‘त्यसैले सतर्कता र धैय अहिलेको प्रमुख आवश्यक्ता हो ।’ उनले जेनजी पुस्ताको आकांक्षा र प्रतिनिधित्वलाई नीति, कार्यक्रम र नेतृत्व तहमा झल्किने गरी अघि बढ्ने प्रतिबद्दता व्यक्त गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।