सन्देश श्रेष्ठ
पोखरा, भदौ २६
पोखराको जनजीवन सामान्य बन्न थालेको छ । जेनजी आन्दोलनले अस्तव्यस्त बनेको पोखराको जनजीवन सामान्य अवस्थामा फर्किन थालेको हो । भ्रष्टाचारबिरुद्द थालेको जेनजी आन्दोलनका कारण पोखरामा सरकारी कार्यालय, सरकारी निवास, प्रशासनिक भवन, नीजि तथा प्रष्तिठानहरुमा ठूलो क्षेती पुगेको छ ।
आन्दोलनका कारण सबैतिर अस्तव्यस्त भएको थियो । सोहि कारण अब के हुने हो भन्ने संसय पैदा भएको थियो । कहाँ कतिबेला के हुने हो भन्ने चिन्ता थपिएको थियो । तर अहिले पोखरा शान्त बनेको छ । कहिंकतै तोडफोड तथा आगजनी भएका छैनन् भने हुलहुज्जत तथा होहल्ला पनि छैन । बरु जेनजी पुस्ता आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका ठाउँहरुको सरसफाईमा जुटेको छ । कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलीयाले कास्कीमा छिटपुट चोरीका घटनाबाहेक सामान्य रुपमा फर्किएको बताउ । उनले भने,‘आन्दोलनका कारण त्रसित पोखरा अहिले सामान्य अवस्थामा फर्किएको छ । कहिंकतै तोडफोड तथा आगजनी छैन । बरु चोरीका घटनाहरु भने छिटपुट भइरहेका छन् ।’
अर्कोतर्फ जिल्ला प्रशासन कार्यालय, कास्कीले लगाएको कफ्र्यु तथा निशेधाज्ञा जारी रहे पनि आवतजावतमा कुनै कठीनाई छैन । सार्वजनिक सवारी साधन त सञ्चालनमा छैनन् तर नीजि सवारी साधन निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । शान्ति सुव्यवस्था कायम गर्न अगाडि आएको नेपाली सेनाले ठाउँठाउँमा चेकिङ गरेर सम्झाईबुझाई गरिरहेका छन् । उनीहरुले सामुहिक हुलहुज्जत नगर्न र काम नपरी अनावश्यक रुपमा हिंडडूल नगर्न आर्गह गर्नेगरेका छन् ।
त्यस्तै, नेपाल प्रहरीले आफ्नो जिम्मेवारी पूर्ववत रुपमा सम्हाल्ने प्रयास गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय, नदीपुरस्थित प्रहरी विटलगायतमा भएको आक्रमण र आगजनीका कारण ध्वस्त भएको संरचना सामान्य रुपमा सरसफाई र मर्मतसम्भार गरेर सेवा दिन थालिएको एसपी ओलीयाले बताए । पूर्ववत रुपमा सेवा दिने प्रयास भइरहेको छ,उनले भने,‘जनतासँग प्रत्यक्ष जोडिएर सेवा दिनुपर्ने ठाउँमा भौतिक संरचना नभएपछि त्यसको प्रभाव त पर्ने नै भयो, तर सेवा दिन भने शुरु गरेका छौं ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







