लोकतन्त्र, संविधान र विधिको शासन नजलोस् : पहारी


     एभरेस्ट आवाज    
     भाद्र २६ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, भदौ २६

नेकपा एमालेका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभाका पूर्व सदस्य राजिव पहारीले लोकतन्त्र, संविधान र विधिको शासन जलाउन नहुने बताएका छन् । उनले पीडाको बिच मेरो अपिल छ भन्दै उनले लेखका छन्,‘लोकतन्त्र, संविधान र विधिको शासन नजलोस् । उनले आफ्नो घर जलाएकोमा आक्रोस पनि व्यक्त गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा उनको पोखरा–६ बैदाम, लेकसाईडस्थित पैत्रिक घर जलेको थियो । यसप्रति आक्रोस व्यक्त गर्दे उनले भनेका छन्,‘मेरो घर जलाएर कसैको उपलब्धी हासिल भयो भन्ने भ्रममा नपरुन् ।’ पहारीले एक विता सेयर गर्दै भनेका छन्,‘बुझेर राखौं : घर जल्ला, विस्वास जल्दैन, घर ढल्दा पनि आस्था ढल्दैन ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।