नेकपा (एमाले) गण्डकी प्रदेशद्वारा संवैधानिक समाधान खोज्न र घुसपैठकारीलाई कारबाही गर्न माग


     एभरेस्ट आवाज    
     भाद्र २७ गते २०८२ मा प्रकाशित




पोखरा । हालै देशभर भएका राजनीतिक घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले विज्ञप्ति जारी गरेको छ।

पार्टीले आन्दोलनमा सहभागी युवाको योगदान र भावना प्रति सम्मान जनाउँदै आन्दोलनका नाममा भएका तोडफोड, आगजनी र हिंसात्मक गतिविधिप्रति चिन्ता व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ, “आन्दोलनमा घुसपैठ गरी सार्वजनिक सम्पत्ति, निजी सम्पत्ति तथा नेकपा (एमाले) का कार्यालयहरूमा आक्रमणजस्ता कार्यले हाम्रो गम्भीर ध्यानाकर्षण गराएको छ।”

एमालेले हालको संविधान र राजनीतिक व्यवस्थाभित्रै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिँदै भावनामा बहकिएर हिंसात्मक गतिविधिमा लाग्न नहुने आग्रह गरेको छ। साथै, राष्ट्रपति रामचन्द्र पौडेलको भूमिका संविधान र सहमति अनुसार अघि बढ्नुपर्ने स्पष्ट पारेको छ।

गण्डकी प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष मिनप्रसाद गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “यो कठिन घडीमा धैर्यता, समयअनुकूलता र विवेकपूर्ण निर्णय आवश्यक छ। लोकतन्त्रको पक्षधर भएर सम्पूर्णमा आह्वान गर्दछौं। विज्ञप्तिमा पार्टीले संगठनात्मक बैठकमार्फत आगामी कदम अघि बढाइने उल्लेख गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।