संविधान रक्षाका लागि एकजुट हुन कास्की कांग्रेको अपिल


     एभरेस्ट आवाज    
     भाद्र २७ गते २०८२ मा प्रकाशित




पोखरा, भदौ २७

नेपाली काँग्रेस कास्कीले संविधानको रक्षार्थ एकजुट हुन कार्यकर्ता तथा शुभचिन्तकहरुलाई अपिल गरेको छ । भ्रष्टाचारबिरुद्द जेनजीले थालेको आन्दोलनले सफलता पाएर सरकार निर्माणमा जुटेको छ । नेपाली सेनाको अगुवाईमा जेनजीसँग भईरहेको वार्तामा सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमती नजिक पुगेको छ । तर राजनीतिक दलहरुले भने संविधान बाहिर गएर सरकार गठन नगर्न चेतावनी दिदै आएका छन् । यहि सेरोफेरोमा छलफल चलिरहेका बेला बसेको कास्की कांग्रेस बैठकले संविधान रक्षाका लागि एकजुट हुन अपिल गर्ने निर्णय गरेको कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । बैठकले कांग्रेस संगठीत सदस्यहरुलाई विचलित नहुन पनि आग्रह गरेको उनले बताए । सरकार गठन संविधानसम्मत हुनुपर्छ, बैठकपछि उनले भने,यो बाहिर गएर सरकार गठनको गर्ने कार्य स्वीकार्य हुँदैन । त्यसैले हामीले संविधान रक्षाका लागि एकजुट हुन आग्रह गर्दै पार्टी पंक्तिलाई बिचलित नहुन पनि आग्रह गरेका छौं ।

कार्यवाहक सभापति रामबाबु भण्डारीको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य द्वय गुरु बराल र शारदा पौडेलको विशेष उपस्थितिमा बसेको जिल्ला पदाधिकारी, क्षेत्र, प्रदेश, पालिका सभापतिहरुको पूर्ण बैठकले जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिबारे छलफल गरेको प्रवक्ता सिग्देलले जानकारी दिए । उनका अनुसार बैठकमा संविधान रक्षाका लागि निर्वाह गर्नुपर्ने भूमिका र आवश्यक तयारबारे छलफल भयो । बैठकले पार्र्र्र्टी सभापती एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, केन्द्रीय सदस्य एवम् निवर्तमान परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालगायतमाथि भएको सांघातिक आक्रमणको तथा सार्वजनिक सम्पती र नेताहरुको घर,मा गरिएका आगजनी र तोडफोडको निन्दा गरिएको उनले जानकारी दिए । साथै घाइते सबैको शिघ्र स्वास्थ्यलाभको कामना गरेको उनले बताए ।

बैठकले आन्दोलनका क्रममा दिवंगत हुनु भएका जेएन जीका युुवाहरु, सर्वसाधारण र सुरक्षाकर्मीहरु प्रति श्रद्वाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।