पोखरामा साँझ ७ बजेदेखि कर्फ्यू लागेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले आज अपराह्न एक सूचना जारी गर्दै साँझ ७ बजेदेखि कर्फ्यू लागु हुने जनाएको थियो । साँझ ७ बजेबाट शुरु भएको कर्फ्यू भोलि विहान ५ बजेसम्म जारी रहने कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जारी गरेको सूचनामा उल्लेख छ । कर्फ्यू पोखराका ३३ वटै वडामा लागु हुने सूचनामा जनाइएको छ ।
पोखरामा दिउँसो भने निशेधाज्ञा लगाइएको थियो । यद्वपी खाद्यान्न पसलहरु भने सञ्चालन गर्न अनुमति दिइएको थियो । जेनजी आन्दोलनपश्चात उत्पन्न हुन सक्ने विरोध, प्रदर्शन, तोडफोड, हुलदङ्गालगायतलाई मध्यनजर गर्दै कर्फ्यू आदेश गरिएको प्रजिअ शर्माले बताईन् । आदेशमा आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाइने उल्लेख छ । कफ्र्युका समयमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका सवारीसाधन भने निर्वाचध सञ्चालनमा आउने जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अनुसन्धानदाता डा. अनिल सुवेदी र प्रा.डा. चन्द्रा भद्रा पोखरामा सम्मानित भएका छन्…







