पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ बास्तोलाथरस्थित वडा कार्यालयमा आइतबार भएको आगजनी, तोडफोड र लुटपाटप्रति वडा अध्यक्ष दीपेन्द्र मर्सानीले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
उनका अनुसार Gen-Z पुस्ताले देखाएको बाटो नै सबैतिरको साझा बाटो भए पनि सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमण शोभनीय नभएको स्पष्ट पारेका छन्। “जनताको सेवामा अहोरात्र खटिने संस्थामाथि भएको यो प्रहारका वास्तविक कारण के हुन् भन्ने छानबिन हुनु जरुरी छ,” अध्यक्ष मर्सानीले भने।
उनले निर्वाचनपछिको पहिलो प्रतिवद्धता नागरिक सेवाप्रति नै केन्द्रित रहेको स्मरण गर्दै, बिग्रिएका संरचना सुधार गर्दै नयाँ आशा सहित अघि बढ्ने प्रतिबद्धता जनाए। “Gen-Z को माग भनेको सबै नागरिकको माग हो, त्यसलाई पूरा गर्नु हाम्रो साझा कर्तव्य हो,” उनले भने।
वडा कार्यालयले असोज १ गतेदेखि आंशिक सेवा सञ्चालन गर्ने निर्णय गरेको समेत जानकारी दिँदै अध्यक्ष मर्सानीले वडावासीलाई थप छरितो, प्रभावकारी र नजिकबाट सेवा पुर्याउने दिशामा आफू निरन्तर प्रतिबद्ध रहेको बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







