विभिन्न प्रक्रियाद्वारा जमिन छोडि मच्चिने, झुल्ने वा रिङ्ने साधन नै पिङ हो । शरद ऋतुको घमाइलो मौसम, दशैंको आगमन, यत्र तत्र टोल, बस्तिमा पिङ हालिएको हुन्थ्यो। बाल बच्चा,युवायुवती लगायत प्रौढहरू पिङ खेलेर मनोरन्जन लिई रहेका हुन्थे। पिङको मच्चाईले मासु सजिलैसँग पचाइन्छ, दशैंको बेला भूईं छोडे गति परिन्छ आदि भनाईले पीङ हाल्न प्रेरित गर्थ्यो। पिङले आफ्नै टोल ,बस्ती भित्र भाईचारा र एकतामा अभिबृद्वि गर्थ्यो भने, टोल टोलका बिचमा सकारात्मक प्रतिस्पर्धा गराउँथ्यो। पिङ हाल्ने भनेपछि के युवा रु, के प्रोढरु सबै उत्तिकै उत्साहका साथ लागि परेका हुन्थे, न त्यहाँ भत्ता हुन्थ्यो ,न पारिश्रमिक । न कसैले अह्राउनु पर्थ्यो, सबै अन्तरमनबाट परिचालित । प्रत्येक घरबाट बाबियो उठायो। प्रत्येकका बाँसका थानबाट सोझा र राम्रा बाँसहरू काट्यो, आ (आफ्ना सिप र सुर्यांई प्रयोग गरी पिङ हाल्यो।लोट्नेले लठ्ठो नखाओस भनी हल्लुंडो राख्यो। तिहारको समाप्ति पश्चात बाँस धनीका घरमा पुर्याई दियो ,टौवालाई भरैनो बनाउन प्रयोग हुने , लठ्ठो हिउँदमा रूख काट्दा तान्न वा भिरबाट लडेको भैंसी उद्वार गर्न प्रयोग हुने ।
पोखरा क्षेत्रमा ३ किसीमका पिङ हालिन्थ्यो। १,लठ्ठे पिङ’, लिङ्गे पिङ० २, चौंडेली, पिर्के, रोटे, झाटे पिङ, बाँसका लिङ्गा प्रयोग गरी माथि गरालामा बाबियो वा पाटका लठ्ठो प्रयोग गरी हालिने पिङ लठ्ठे पिङ । कतिपय ठाउँमा जमिनसँग समानान्तर भएर गएका बर ,पीपलका हाँगामा पनि हालिन्थ्यो । यस्तो पिङ हाल्न सजिलो हुन्थ्यो ।
चौंरेली पिङस् बलिया खम्बा माथि कापा परेको ठाउँमा बियो सहितको चार पाइटा युक्त घनाकार संरचना राख्यो, अनि खुट्टाको बलले बाहाँ ठेल्यो,घुमायो । घर्षण कम गरी सजिलै घुमाउन रसादार रुखका बोक्रा प्रयोग गर्यो । बिन्ध्यवासिनी मा। बि।को प्रा। बि। सेक्सन रहेको अम्मरेमा चौंरेली पिङ हालिन्थ्यो। बिहानै युवाहरू शेराको बन तर्फ गयो आवश्यक पर्ने काठ काटेर काँधमा हाली बोकेर ल्यायो, दिउँसो आ(आफूले श्रमदान गर्दै पिङ हाल्यो।आबश्यक पाटी ,पाइटा बनाउन पुने काका लगायतका सिकर्मीहरु निशुल्क खटिएका हुन्थे। मानौं त्यो काम सबैको आफ्नै हो। स्व ।दाई जगतबहादुर कुँवर यस्ता पिङ हाल्न सक्रियतापूर्वक लागेको देख्थें मैले। दशैं तिहार सकिएपछि पिङका साज बाज सरोज कुँवर भाइको घर धन्सारमा अर्को बर्षको लागि थन्क्याएर राखिन्थ्यो।
अम्बिका थरको डिलमा तिनै थरी पिङ हालेको देख्थें मैले, त्यहाँका युवामा एकता र सक्रियता ज्यादैनै थियो । लठ्ठे पिङ त बोके चौतारा, मैदान, पूजारी थर, सार्किथर ,धोबिनी पाटन डण्डी, बानियाँथर ,घाँटिपाटन,बडहरबोट आदिमा हालेको देखिन्थ्यो। फेवातालको किनारमा पनि ३ थरी पिङ हालेको देखिन्थ्यो। बच्चालाई भने प्रत्येकको घर घरमा एउटा एउटा पिङ हालेकै हुन्थ्यो।
एक पटक दशैंको बेलामा मेरा बुवा पुस्ता चौंरैली पिङ खेल्न भनी गण्डकी तरी छिमेकी गाउँमा पुगे छन । पिङ खेल्न खोज्दा त्यहाँका युवाहरूले होच्याएर ,दुर्वचन लगाएछन । इख्खिएर फर्केका युवाहरूले तुरुन्तै कापा युक्त खम्बा काटेर गाडेर ठीक पारेछन र मध्यरातमा गण्डकी तरी सोही ठाउंमा पुगेछन र बियो सहितको पिङ बोकेर ल्याई बोके चौतारामा हालेछन र भोलिपल्ट खबर पठाएछन ू पिङ खेल्ने हो भने बाटुलेचौ आउू,। हाम्रो बाउ पुस्ताको इख लाई मान्नै पर्छ ।
पिङले श्रम गर्न,एकता र पारस्पारिकता अभिबृद्वी गर्न, सिप हस्तान्तरण गर्न, संस्कृति सम्बर्धन गर्न र आफ्नै मौलिक मनोरन्जनमा रम्न सिकाउँछ । पछि हाम्रा दौंतरी मिलेर मध्यम पथमा ६ बर्ष लठ्ठे पिङ हाल्यौं भने बि।सं २०५३ सालमा म र हर्क जि।सी। को सक्रियतामा गैराबारीमा लठ्ठे पिङ हाल्यौं। बाबियोको अभाबमा सिद्वार्थ हार्डवेयर्स महेन्द्रपुलबाट नरिबलको डोरी खरिद गरेर ल्याएका थियौं।
दन्त्यकथाको छट्टुस्यालको प्रसङ्गमा, कृष्ण लिलामा पनि पिङको चर्चा गरेको पाईन्छ भने पुरानो रु १ को नोटमा पनि चौंरेली पिङको तस्बिर अंकित गरेको पाइन्छ। पिङ खेल्दाू चौंरेलीको पाइटा, भोलि जाउँला माइत ू भनि गित गाएको पनि सुनिन्थ्यो।
अहिले हामी ति दिनहरु संझिदा रोमान्चित हुन्छौ। यो स्वार्थी र पूंजिबादी समाजबाट कतै पिङ संस्कृति लोप भएर जाने त होइन ,अलिकति पिरलो लागेको छ। किनकी नवपुस्ता जोगाउन भन्दा जलाउन अघि सर्ने किसिमको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेश टेनिस संघको आयोजनामा पोखरामा सम्पन्न प्रथम पिसिएम कप खुला राष्ट्रिय…





