अष्टमीका दिन मंगलबार समाधीबाट बाहिरिँदै जगतगुरु महायोगी सिद्धबाबा


     एभरेस्ट आवाज    
     असाेज १३ गते २०८२ मा प्रकाशित




पोखरा, असोज १३ ।

जगतगुरु श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुदेव असोज १४ गते, अस्टमीका दिन मंगलबार बिहान १० बजे समाधीबाट बाहिर आउनुहुने भएको छ । यस क्रममा सद्गुरुदेवले भक्तजनहरूलाई विशेष कृपादर्शन दिनु हुने बताइएको छ ।

जगतगुरु महायोगी सिद्धबाबाले यसअघि भारतको नासिक र चेन्नईमा, चतरामा २०६५ सालमा तथा पोखराको रामघाटमा २०७२ सालमा समाधी साधना गर्नुभएको थियो । हालको साधना २०८२ सालको घटस्थापनादेखि सुरु भएको हो ।

श्रीरामानन्द सम्प्रदायका ४२औँ आधिकारिक आचार्यका रूपमा परिचित गुरुदेव शक्तिपताचार्य एवं नाडीविशारद हुनुहुन्छ । उहाँ केवल दृष्टिमात्राबाटै साधकमा महायोग घटित गराउन सक्ने अद्वितीय क्षमता राख्नुहुने एक साधकले दाबी गरेका छन् ।

पोखरा–नदीपुरस्थित नारायणस्थानमा असारदेखि चतुर्मास अनुष्ठानमा रहनुभएका सद्गुरुदेवले आश्विन शुक्ल पक्षको अष्टमीको दिन मंगलबार (१४ गते) १२१ कन्या पूजन तथा विशेष दृष्टिपात गर्ने कार्यक्रम छ । केन्द्रमा विजयादशमीको अवसरमा सहस्रचण्डी जाप–हवन तथा पारम्परिक उपचार कार्यक्रम पनि आयोजना हुने जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।