पोखरा १६ कुरेचौरमा रहेको शैलजा देवी मन्दिरमा नौं दिनदेखि जारी नवदुर्गा पुजा सम्पन्न भएको छ ।
स्वाभिमान टोल विकास संस्थाको समन्वयमा घटस्थापनादेखि शुरु भएको पुजा बुधबार नवमीको साँझ आरती गरी दशमीको बिहान समापन गरिएको संस्थाका अध्यक्ष श्यामसुन्दर आचार्यले जानकारी दिए । बिहान दुर्गा पाठको विसर्जन एवं मन्दिरबाट फूल, अक्षता, जमरा र जल प्रत्येकको घरघरमा लगि दुर्गाको प्रसाद स्वरूप टीका ग्रहण गरिएको हो । घटस्थापनाको दिन समुदायस्तरमा शुभकामना आदानप्रदान सहित समुदायमा रहेको शैलजा देवी मन्दिरमा नवदुर्गा भवानीको मूर्ति स्थापना गरी नवमीसम्म नवदुर्गाको नियमित पुजा आराधना गरिएको थियो ।
कुरैचौर डाँडामा रहेको उक्त मन्दिरमा अबदेखि प्रत्येक वर्ष नियमित रूपमा दुर्गा पुजा सञ्चालन गर्ने र उक्त दुर्गा मन्दिर व्यवस्थापनको लागि माधवप्रसाद आचार्यको अध्यक्षतामा समिति गठन समेत गरिएको छ । दुर्गा पुजा समापन गर्दै संस्थाका अध्यक्ष आचार्यले शक्ति स्वरुपा दुर्गा भवानीको आराधनाले असत्य माथि सत्यको विजय हुने हुँदा यसले समाजलाई समेत सकारात्मक बाटोमा लैजाने बताए ।
कार्यक्रममा टोल विकास संस्थाका निवर्तमान अध्यक्ष बासुदेव आचार्य,पुजाकर्ता हिमलाल आचार्य, आमा समुहका संस्थापक अध्यक्ष यशोदा आचार्य , धार्मिक व्यक्तित्व हुमनाथ आचार्य, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद आचार्य लगायतले बडादशैंको धार्मिक पक्षका विषयमा बोलेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव बोधराज आचार्यले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री बालेन शाहसँग भेटे लगत्तै गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्…






