नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय मोटर स्पोट्र्सको अफिसियल इभेन्टमा स्वर्ण पदक जित्दै एशिया प्यासिफिक मोटर स्पोट्र्स च्याम्पियनसिप–२०२५ मा ऐतिहासिक सफलता हासिल गरेको छ ।
गत सेप्टेम्बर २६–२८मा श्रीलङ्काको कोलम्बोस्थित श्रीलङ्का कार्टिङ सर्किटमा सम्पन्न प्रतियोगितामा नेपालका आशिष भारती “रोनी”ले अटो जिमखाना (पुरुष एकल) विधामा स्वर्ण पदक जितेर नेपालकलाई ऐतिहासिक सफलता दिलाएका हुन् ।उक्त प्र्रतियोगितामा १८ राष्ट्रका २०४ खेलाडी सहभागी थिए । पहिलो दिनको अभ्यासमा उनी १६औँ स्थानमा मात्र थिए, दोस्रो दिन भएको अर्को इभेन्ट एशिया अटो जिमखाना च्याम्पियनसिपमा पाँचौँ स्थानमा पुगे र त्यसपछि अन्तिम दिनको मुख्य प्रतिस्पर्धाको छनोट चरणमा उनी दोस्रो स्थानमा रहे र अन्ततः शीर्ष आठको फाइनलमा सबै प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण जित्न सफल भए ।
सो च्याम्पियनसिपमा नेपालले अष्ट्रेलिया र जापानसगै एक–एक स्वर्ण जित्दै सातौँ स्थानमा सुरक्षित ग¥यो । पदक तालिकामा फिलिपिन्स शीर्ष स्थानमा रह्यो, जसले दुई स्वर्ण, दुई रजत र दुई कास्य जित्यो । श्रीलङ्का र हङकङले पनि दुई–दुई स्वर्ण सहित क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गरे । मलेसिया, भारत र क्रिर्गिस्थानले एक स्वर्ण सहित क्रमशः चौथो, पाचौँ र छैटौ रहे । चाइनीज ताइपेइ, पाकिस्तान, उज्बेकिस्तान र दक्षिण कोरियाले भने रजत र कास्यमै चित्त बुझाए ।
चीन, सिङ्गापुर, माल्दिभ्स र बङ्गलादेश भने कुनै पदक जित्न नसकेर तालिकाको अन्त्यमा रहे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन २० गण्डकी खेलकुद परिषद (गखेप)को पदक वितरणमा चरम लापरवाही भएको…





