जिल्ला प्रशासन कार्यालय कास्कीले स्याङ्जा –कास्की, म्याग्दी –बाग्लुङ –पर्वत –कास्की, कास्की– तनहुँ सडक खण्डमा अन्तर जिल्ला यात्रा गर्ने यात्रुहरुको आवतजावतमा तत्कालका लागि कुनै समस्या नरहेको जनाइएको छ।
त्यस्ता यात्रुको आवश्यक सहजीकरण गर्ने समेत स्पष्ट पारेको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा आज बसेको सरोकारवालाको बैठकले राजमार्गमा एम्बुलेन्स गर्भवती तथा असक्त व्यक्ति बोकेका सवारी साधनलाई रोकिएको भए आवश्यक सहजीकरण गर्न निर्देशन दिइएको छ। त्यस्तै बैठकले गन्तव्य स्थल र रुटमा पर्ने जिल्लाको जोखिम अवस्था बुझेर एम्बुलेन्स, वैदेशिक यात्रामा निस्किएका यात्रु, बिरामी बोकेका साना सवारी साधन, अत्यावश्यक सामग्रीका साधनलाई अन्तर जिल्ला समवन्य गरी आवतजावतमा सहजीकरण गर्ने जनाएको छ। पोखरामा बस्नुपर्ने यात्रुलाई सुलभ दरमा खाने तथा बस्ने व्यवस्था मिलाउन कास्की प्रशासनले होटल तथा रेस्टुराँ व्यवसायीलाई आग्रह गरेको छ।
प्रशासनले जारी गरेको अनुरोधमा तोकिएको हवाई भाडा दर भन्दा बढी नलिन, बढी मुल्यमा टिकट नबेच्न समेत सुझाव दिइएको छ। प्रशासनले हवाई उडान थप गरी सेवा दिन हवाई कम्पनीलाई अनुरोध गरेको छ। त्यस्तै बैठकले काठमाडौं उपत्यका र पुर्व तर्फ जाने लामो दुरीका सवारीसाधनको टिकट नकाट्न पनि यातायात व्यवसायीसँग आग्रह गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







