स्याङ्जाको आँधीखोला ६ फापरथुममा रहेको आनन्दआश्रम ज्ञान केन्द्रले कवि पोषराज पौडेल र अर्का कवि चिन्तु गिरीलाई आनन्दआश्रम प्रज्ञा सम्मान प्रदान गरेको छ।
आश्रमको तेस्रो साधारण सभाको अवसरमा उनीहरुलाई प्रगतिशील साहित्यकार चक्रबहादुर पराजुली,संस्थाका संस्थापक संरक्षक त्रिलोचन ढकालले आनन्दआश्रम प्रज्ञा सम्मान स्वरूप खादा, दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरे। कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रगतिशील साहित्यकार चक्रबहादुर पराजुलीले साहित्य साधनमा लागेका विद्वान कविको सम्मानले प्रगतिशील साहित्य नै सम्मानित भएको बताए। संस्थाका अध्यक्ष ई.ओम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित कवि पोषराज पौडेल, चिन्तु गिरी, त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक हिमलाल पुरी,संस्थापक संरक्षक त्रिलोचन ढकाल, देवी सापकोटा, ईं सुदर्शन शर्मा, लोकराज शर्मा, विद्यार्थी शिखा सुनार र रिदम ढकाल लगायतले प्रगतिशील साहित्यका बिषयमा बोलेका थिए।
उपाध्यक्ष दिप्तिनारायण शर्माले स्वागत मन्तव्य राखेको कार्यक्रममा संस्थाका पूर्व सचिव दोलराज ढकालले संस्थाद्वारा भए गरिएका कामहरूको विवरण र आगामी कार्ययोजना समेटिएको प्रतिवेदन प्रस्तुत गरे । त्यस अवसरमा टिकाराम ढकाल काकाको अध्यक्षतामा आश्रमको नयाँ समिति चयन गरिएको छ । उपाध्यक्षमा दिप्तिनारायण शर्मा, सचिवमा दोलराज ढकाल, उपसचिवमा खेमनारायण लामिछाने, र कोषाध्यक्षमा नन्दबहादुर जिटी चयन भए । आश्रमको सदस्यमा इन्द्रमणि ढकाल, खगिसरा जिटी, गृहलक्ष्मी ढकाल डा ऋषिराम ढकाल, देवी सापकोटा, मानबहादुर जिटी, शारदा शर्मा, शेरबहादुर शाही, हिमलाल पुरी र हिमालयजंग बाँनिया चुनिए।
सो अवसरमा आगामी कार्तिक ३ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाउन माध्यमिक विद्यालयहरूका विद्यार्थीहरूका बीचमा कविता प्रतियोगिता हुने जानकारी गराईएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि…






