अख्तियार प्रमुख राईको राजीनामा माग्दै जेनजी युवाको प्रदर्शन


     एभरेस्ट आवाज    
     असाेज २१ गते २०८२ मा प्रकाशित




अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग्दै जेनजी युवाहरुले प्रदर्शन गरेका छन्।

टंगालमा रहेको आयोगको केन्द्रीय कार्यालय अगाडि उनीहरूले प्रदर्शन गरेका हुन् ।‘जेनजी मुभमेन्ट अलायन्स’ले आयोगका प्रमुख आयुक्त राई सहितका आयुक्तको राजीनामा माग गर्दै निवेदन दर्ता समेत गराएको छ ।अलायन्सले मंगलबार बिहान अख्तियारमै पुगेर निवेदन दर्ता गराएको हो।अलायन्सले राईसहित सबै आयुक्तहरूले समेत तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। अख्तियार प्रमुख राईलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने भन्दै मंगलबार जेनजी समूहले टंगाल स्थित अख्तियार मुख्यालय घेर्न लागे पछि त्यहाँ पनि बाक्लो रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

अलायन्स विभिन्न जेनजीहरुको समूह हो। अलायन्सले आयुक्तहरूको नियुक्तिको प्रक्रियामा गम्भीर प्रश्न उठाएको छ । अलायन्सले खुला आवेदन प्रक्रियामार्फत योग्यता र क्षमता भएका नागरिकहरूलाई नयाँ प्रमुख आयुक्त नियुक्त गर्न सरकारसँग माग गरेको छ । भदौ २३ र २४ मा भएको प्रदर्शनपछि हिजो साँझदेखि शुरु भएको जेनजी मुभमेन्टका कारण उपत्यकामा प्रहरीलाई ‘हाई अलर्ट’मा राखिएको छ । माइतिघर लगायका ठाउँमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रहरी प्रधान कार्यालय श्रोतका अनुसार अहिले सवैलाई स्ट्याण्ड बाई राखिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।