पोखराको लेकसाइडमा कलवार युवा समितिका अध्यक्ष रोहित चौधरी (सन्तोष) माथि धारिलो हतियार प्रयोग गरी आक्रमण गर्नेलाई कारवार्ही गर्न माग गरिएको छ ।
कलवार कल्याणकारी सेवा समाज पोखराका अध्यक्ष अशोक कुमार चौधरीले मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगी आक्रमणकारीको तत्काल पहिचान गरी ज्यान मार्ने उद्योगको आरोपमा कारवार्ही गर्न माग गर्दै जाहेरी दर्ता गराएका हुन् । अध्यक्ष चौधरीले जाहेरीमार्फत दोषीहरूको पहिचान गरी मुलुकी अपराध संहिता, २०७४ को दफा १८३ बमोजिम कारबाही गर्न माग गरेका छन् । साथै, घाइतेको उपचार खर्च र क्षतिपूर्तिका लागि पनि न्यायिक प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । घटनापछि कलवार समुदायका अगुवा, समाजका पदाधिकारी, महिला तथा युवाहरू सहित दर्जनौं व्यक्ति जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित भई दोषीमाथि कारबाहीको माग गरेका थिए ।
जाहेरीमा घटनास्थलको सिसिटिभी फुटेज संकलन गर्न र अस्पतालबाट घाउचोट तथा अपरेशनसम्बन्धी प्रमाणपत्र प्रमाणमा राख्न अनुरोध गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर बस्नेतका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ र आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचानका लागि खोजी कार्य अघि बढाइएको छ । सोमबार साँझ चौधरीमाथि आक्रमण भएको थियो । महोत्तरी जिल्ला औरही नगरपालिका–१ का स्थायी बासिन्दा र हाल पोखरा महानगरपालिका वडा नम्बर ५ बस्दै आएका थिए । ३६ वर्षीय चौधरी आफ्नी आमा, श्रीमती र सन्तानसहित हिँडिरहेका बेला दुई जना अपरिचित व्यक्तिले मोटरसाइकलमा आएर धारिलो हतियार र पञ्चिङ् नक प्रयोग गरी आक्रमण गरेको जाहेरीमा उल्लेख छ ।
आक्रमणपछि गम्भीर घाइते भएका चौधरीलाई मेट्रोसिटी अस्पताल सिर्जनाचोकमा उपचारका छन् । उनको टाउकोको हड्डी फुटेको, शल्यक्रिया गरिएको र हाल आइसीयूमा राखी उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







