आज मलेसियासँग फाइनलमा प्रतिस्पर्धा गर्दै नेपाल


     एभरेस्ट आवाज    
     असाेज २२ गते २०८२ मा प्रकाशित




तस्बिरः क्यान

अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको फाइनलमा नेपाली महिला टिमले बुधबार आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। पाँच खेलको सिरिजमा २-२ को बराबरी गरेका नेपाल र मलेसिया आज फाइनल प्रतिस्पर्धा गर्न लागेका हुन्।

पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा ६ विकेटको सानदार जित निकालेको हो।

नेपाल र मलेसियाको फाइनल भिडन्त आज बिहान ७:४५ बजे सुरु हुनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।