सुनको मूल्य निरन्तर अकासिँदो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस


     एभरेस्ट आवाज    
     असाेज २२ गते २०८२ मा प्रकाशित




नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधवार २ हजार ६ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च बनेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य तोलामा दुई लाख ३५ हजार ४ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला दुई हजार ९५५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।