ब्रिटेनमा लन्डन–काठमाडौं सिधा हवाई उडानका लागि हस्ताक्षर अभियान थालिएको छ ।
ब्रिटेनको सत्तारुढ लेबर पार्टीका सांसद ग्यारथ थोमसले सिधा हवाइ उडान सुरु गर्न माग गर्दै एक हस्ताक्षर अभियान (पिटिशन) सुरु गरेका छन् । लन्डनको ह्यारो वेष्टबाट निर्वाचित सांसद ग्यारथले नेपाली समुदायको माग बमोजिम उक्त अभियान सुरु गरेका हुन्।यनी त्यहाँबाट चौंथो पटक निर्वाचित सांसद हुन् । ‘युनाइटेड किङ्डममा रहेको नेपाली समुदाय बेलायतका सबैभन्दा छिटो बढ्दै गरेका र जीवन्त प्रवासी समूहहरूमध्ये एक हो’ ग्यारथले आफ्नो पिटिशनमा भनेका छन्, ‘ऐतिहासिक रूपमा बेलायत र नेपालबीचको सम्बन्ध गोर्खा सैनिकहरूको योगदानले गहिरो र अविच्छिन्न बनेको छ।’पेटिसनमा थपिएको छ, ‘आज पनि यो समुदायले नेपालसँग बलियो पारिवारिक, सांस्कृतिक र आर्थिक सम्बन्ध कायम राख्दै आएको छ’ उनले शुरु गरेको अभियानमा भनिएको छ ।
हाल लन्डन र काठमाडौंबीच कुनै पनि नियमित सिधा व्यावसायिक हवाई उडान सञ्चालन कठिनाई भोग्नु परेको छ ।‘यसकारण नेपाली तथा बेलायती यात्रुहरू (जसमा परिवार, विद्यार्थी, सहयोगी संस्थाका कर्मचारी, व्यवसायी र पर्यटकहरू समेत समावेश छन्) लाई लामो र खर्चिलो यात्रामा निस्कनुपर्छ। धेरैजसो यात्रामा दुई वा तीन ट्रान्जिट गर्नुपर्दा कुल यात्राको समय १४ घण्टाभन्दा बढी पुग्ने गरेको छ, जसले विशेषगरी ज्येष्ठ नागरिक र कमजोर यात्रुहरूका लागि थप कठिनाइ सिर्जना गरेको छ,’ पिटिशनमा भनिएको छ।
यस सन्दर्भमा ब्रिटिश–नेपाली समुदायले ब्रिटिश सरकार, यातायात मन्त्रालय र सिभिल एभिएसन अथरिटीसँग ब्रिटिश एयरलाइन्स तथा लन्डनका प्रमुख विमानस्थलहरू जस्तै हिथ्रो, ग्याटविक र स्टानस्टेडको सहकार्यमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा उडानको विकल्पहरू खोजी र सुनिश्चितका लागि तत्काल पहल गर्न आग्रह गरिएको छ।सिधा हवाई उडान स्थापना गर्न सकेको खण्डमा बेलायत र नेपालबीचको सांस्कृतिक तथा आर्थिक सम्बन्ध अझ सुदृढ हुने, दुवै देशका लागि पर्यटन र व्यापारिक अवसरहरू विस्तार हुने अपेक्षा गरिएको छ । सांसदको यो अभियान पछि त्यहाँ रहेका नेपाली थप उत्साही भएका छन् ।
यसअघि गत जनवरीमा बेलायत भ्रमणमा गएका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पनि बेलायती संसद्को नेपाल हेर्ने सर्वदलीय संसदीय समिति अध्यक्ष अलेक्स बेकरसँग ब्रिटिस एअरवेजको लन्डन काठमाडौँ सिधा हवाई उडानका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







