नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्ने विषयमा शुक्रबार बस्ने सचिवालय बैठकमै निर्णायक छलफल हुने बताएका छन् ।
शिर्ष पार्टीका शीर्ष नेताहरुले स्वेच्छिक रुपमा नेतृत्व छाड्नुपर्ने आवाज नागरिक समाज देखि पार्टीभित्रै उठिरहेका बेला उपाध्यक्ष ज्ञवालीले नेतृत्व पुस्तान्तरणको विषय राष्ट्रिय बहसको विषय बनेको स्पष्ट पार्दै यसका विषयमा अन्य प्रमुख दलहरुभित्र पनि चर्को दबाब रहेको बताए ।‘एउटा राष्ट्रिय बहसको विषय बनेको छ, पार्टीभित्र तलैसम्म नेतृत्वले राजीनामा दिनुपर्ने कुरा उठेको छ,’ ज्ञवालीले भने, ‘सचिवालय बैठकमा अगाडि बढ्ने सन्दर्भमा विभिन्न साथीहरूले विचार राख्नुहुन्छ, त्यसबेला के धारणा आउँछन्, अनि हामी निष्कर्ष निकाल्छौँ।’
विगतको जस्तो साधारण खालको भन्दा पनि प्रष्ट र खुला कुरा गर्नुपर्छ भन्ने समझदारी अनुसार नेताहरूबाट धारणा आउने उनले बताए। ‘खासगरी जनमत हाम्रो पक्षमा हुने र जनतालाई विश्वास दिलाउने काम कसरी गर्न सकिन्छरु मूलभूत सवाल भनेको त्यो हो,’ उपाध्यक्ष ज्ञवालीले थपे, ‘एमाले लोकप्रिय पार्टी हो, अहिले नेतृत्वको कारण तलतल आम रुपमा धेरै आलोचना भइरहेको छ। यसमा समीक्षा हुन्छ।’ईश्वर पोखरेललाई कार्यबाहक बनाएर महाधिवेशनमा जानुपर्ने कुरा नेताहरूका बिचमा उठिरहेको पनि उनको भनाई छ।
यद्यपी ओली एमाले अध्यक्ष पद छाड्न तयार भने छैनन्।मंगलबार र बुधबार सातै प्रदेशका अध्यक्षसँग भर्चुअल बैठक गरेका ओलीले नेतृत्व नछाड्ने स्पष्ट संकेत गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको…






