नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले पार्टीको विशेष महाधिवेशन माग्दै भइरहेको हस्ताक्षर संकलनले पार्टी विभाजन हुने खतरा बढेको संकेत गरेका छन् ।
बिहीबार विहान आफ्नै निवासमा पुगेका उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरुसँग उनले पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले चलाइरहेको हस्ताक्षर अभियानले पाटीलार्ई विभाजनतिर जाने उनको जिकिर छ।‘अहिले दुईजना महामन्त्रीले हस्ताक्षर अभियान पनि चलाइरहेका छन्, यो हस्ताक्षर अभियानले पार्टीलाई फुट्नेस्थितिसम्म पु¥याइदिन सक्छ,’ सिटौलाको भनाइ छ, ‘जहाँ हस्ताक्षर अभियान गर्ने र नगर्ने भइसकेपछि त गर्ने एकातिर, नगर्ने अर्काेतिर हुन्छ। यसैपनि हाम्रो पार्टीभित्र चुनावमा अन्तर्घात त हुने गरेकै छ।’उनले बेलैमा पहलकदमी नलिने हो भने पार्टीभित्र आगो सल्कने कुरामा गम्भीर बन्न नेताहरूलाई आग्रह गरेका छन्।
‘अहिले जेनजीको नाममा नेताको घरमा त आगो लाग्यो अब पार्टीमा र संगठन पनि आगो लाग्छ,’ सिटौलाले नेताहरूसँग भने, ‘कम्तीमा संगठनमा चाहिँ आगो लगाउने काम कसैले नगरौँ भन्ने आसय हो।’अहिले पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा माग गर्ने कुरा पनि न्यायसंगत नभएको उनको भनाइ छ।
पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा महामन्त्रीद्वयले विशेष महाधिवेशनको प्रस्ताव लैजाने तयारी गरिरहेको सूचना पाएपछि सिटौलाले नेताहरुसँग छलफल गरेका हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मनाङमा आइतबार गएको हिम पहिरोमा परेर मृत्यु हुनेको संख्या ४ पुगेको छ…







