शिशिर उजाड
पोखरा
पोखरा ३ नदीपुरमा रहेको धर्मशीला बुद्ध बिहारभित्र सिमागृह निर्माण गरिएको छ ।
दानवीर धर्मनदीका आफन्तहरु कायस्थ परिवारले आफ्नो संयुक्त लगानीमा सिमागृह निर्माण गरिदिएका हुन् ।यो सिमागृह निर्माण पश्चात पोखरामा नै बौद्ध भिक्षु बन्न सकिने बताईएको छ ।यही असोज २९ गते निर्माण सम्पन्न भएको सिमागृह, बुद्ध बिहारलाई हस्तान्तरण गरिने रविन्द्र माकाजुले जानकारी दिए। यस अघि यस्तो सुबिधा पोखरामा नभएको धर्मशीला बुद्धबिहारका भन्ते धजवन्त्तले बताए। “धर्मशीला गुरुआमाले १९९७ पुर्व भारतको कुशीनगरमा गएर भिक्षुणी बनेकी थिइन्“ भन्ते धजवन्तेले भने ।
वि.स. १९९७ सालमा उपासिका धर्मनदी कायस्थले गुरुआमा धर्मशीलालाई पोखरामा राख्नका लागि बुद्ध बिहार निर्माण गरेका थिए। उनी पोखरामा बिहार नभएकोले कुशीनगर फर्केर जान तम्सेकी थिईन । पोखरामा सिमागृह निर्माण भए पछि देश विदेशका भिक्षुहरु समेत पर्यटनको राजधानी पोखरामा आउने हुँदा पर्यटनका दृष्टिले पनि यो महत्त्वपूर्ण हुने भन्ते धजवन्तको भनाई छ ।
नवनिर्मित सिमागृह पोखराको धार्मिक क्षेत्रमा एक उल्लेखनीय उपलब्धी भएको बताईएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







