पूर्वपदाधिकारीहरूले प्रयोग गर्दै आएका अतिरिक्त सुरक्षाकर्मीहरू शुक्रबार बिहानसम्म फिर्ता भइसकेका छन् ।
गृह मन्त्रालय श्रोतका अनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईलगायत सबै पूर्वपदाधिकारीहरूले लिर्दैै आएका अतिरिक्त सुरक्षाकर्मीहरू शुक्रबार बिहानसम्म फिर्ता भइसकेका हुन् । यसअघि सरकारले सुरक्षा चुनौतीलाई ख्याल गर्दै प्रचण्डलाई विशेष सुरक्षा दिइएको थियो । सरकारले पूर्वप्रधानमन्त्रीहरू सहितका पूर्वपदाधिकारीहरूले प्रयोग गर्दै आएका मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेको थियो।
सरकारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरूको सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेकोमा नेकपा माओवादी केन्द्रका नेता तथा वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आक्रोश पोखे । गृह मन्त्रालयले बिहीबार स्वीकृत मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेका पूर्वपदाधिकारीहरूको सुरक्षा निकायले तत्काल फिर्ता बोलाउने निर्णय गरेको थियो । सोही निर्णय सञ्चार माध्यमबाट बाहिरिएपछि दीपशिखाले आक्रोश पोखेका हुन् । उनले प्रचण्ड लगायत माओवादी नेताहरुको सुरक्षा पूर्वजनमुक्ति सेना (पीएलए)ले गरिरहेको र गरिरहने सामाजिक सञ्जालमा लेखेका थिए । साथै, ढिलोचाँडो बदलाभावको सत्ता डण्डा ओलीको जस्तै हुने चेतावनी दिएका थिए ।
उनले‘क। प्रचण्ड लगायत माओवादी नेताहरूको सुरक्षा वाईसीएल र पूर्व पीएलएले गर्छ र गरिरहेको छ । बुझ्नुपर्छ– ढिलोचाँडो बदलाभावको सत्ता डण्डा केपी ओलीको जस्तो हुन्छ’, सामाजिक संजालमा लेखेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







