शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले,पूर्व शिक्षामन्त्री विद्या भट्टराईसँग शैक्षिक सुधारका लागि सुझाव मागेका छन् ।
मन्त्री पुनले फोन गरेर सुझाव मागेपछि पूर्वशिक्षामन्त्री भट्टराईले आफ्नो कार्यकालमा सुरु गरेका तर पूरा हुन नपाएका केही कार्ययोजना सहितका सुझाव दिएकी छिन्। विद्यालय शिक्षा ऐन ल्याउन माग गर्दै शिक्षकहरूले आन्दोलन गरिरहेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग मतभेद भएपछि गत वैशाखमा शिक्षामन्त्री पदबाट राजीनामा दिएकी एमाले नेता भट्टराईले वर्तमान शिक्षामन्त्री पुनलाई त्यसबेला आफुले तयार गरेका ३० वटा कार्ययोजनाको जानकारी गराएकी हुन्।
‘शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले फोनमार्फत तपाईंले सुरु गरेका योजना, काम र निर्देशन के–के थिए, सुझावसहित पठाउनुहोला भन्नुभयो’, पूर्वशिक्षामन्त्री भट्टराईले शुक्रबार भनेकी छन्, ‘उहाँप्रति आभार र कृतज्ञता व्यक्त गर्दै मैले आफ्नो कार्यकालमा गरेका अध्ययन, सुझाव र आधार तयार भएका केही कार्ययोजना, जसलाई तुरुन्तै उहाँले लागु गर्न र अद्यावधिक गर्न सक्नुहुनेछ भन्ने विश्वासको आधारमा पठाएको बेहोरा अवगत गराउँछु।’
उनले अन्तर्राष्ट्रिय सम्बन्धन प्राप्त विश्वविद्यालयबाट सञ्चालित कलेजहरूलाई व्यवस्थित गर्नका लागि अध्ययन समिति निर्माण गरी समितिको सुझावअनुसार नियमावली तयार भई अनुगमनका लागि कार्यतालिकासमेत बनाइएको, किताब नीतिको मस्यौदा अन्तिम अवस्थामा पुगेको थियो तर अदालतमा मुद्दा परेकाले पूर्णता दिन नसकिएको, विद्यालयमा दरबन्दी मिलानका लागि पूर्वशिक्षा सचिवको संयोजकत्वमा कार्यदल बनाई प्रतिवेदनसमेत मन्त्रालयमा प्राप्त भएको, सामुदायिक क्याम्पसमा अध्यापनरत शिक्षकहरूको स्तर निर्धारण गर्न नसकेका कारण सामुदायिक क्याम्पसमा समस्या देखिएको बिषय लगायतका सुझाब दिएकी छिन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







